
काठमाडौं,१० चैत । सरकारले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही जनाएको छ ।
आइतबार गृह मन्त्रालयले विज्ञप्ती जारी गरी विप्लव समूहलाई आर्थिक तथा भौतिक सहयोग गर्ने जो कोहीलाई कारवाही गर्ने बताएको हो । विज्ञप्तिमा विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने उल्लेख छ ।
गृह मन्त्रालयले उक्त समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न आग्रह गरेको छ । कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने, धम्की दिने कार्य भए गरेमा तत्काल नजिकको प्रहरी प्रशासनलाई सूचना दिन दिन अनुरोध गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्