
काठमाडौं,१० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयसीमा भित्र हतियार बुझाउन नेकपा विप्लव समूहलाई आग्रह गनुर्भभएको छ ।
आइतबार संघीय संसदको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले दिएको समयसीमाभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । उहाँले समयसीमाभित्र हतियार नबुझाए सरकारले हतियार कसरी लिनुपर्छ भन्ने राम्रोसँग जानकारी रहेको भन्दै चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले धेरै सम्झाउ“दा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानूनअनुसार नियन्त्रण गर्न लागिएको प्रष्ट्याउनुभयो ।
उहाँले सरकार दुई तिहाई बहुमतको भएको स्मरण गराउँदै मुलुकमा जथाभावी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । जथाभावी गर्नेलाई संविधान कानूनअनुसार नियन्त्रण गर्ने दाबी गनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई वार्तामा आउन बाटो भने खुला नै रहेको बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्