
कञ्चनपुर ,१० चैत । कञ्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्तको हत्या प्रकरणमा मुछिएका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छोड्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।
प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन विष्टलाई धरौटीमा छोड्न आज अदालतले यस्तो आदेश दिएको हो ।
प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरि साढे १० लाख धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनु भएको छ ।
गत मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको बयानपछि बहस सुरु भएको थियो । बयानपछि थुनचेक बहस शुक्रवार बहस सकिए पनि समय अभावले आज आदेश आएको हो ।
पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्