ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपीडितको प्रश्न– सरकार घर कसरी बनाउनु ?


admin
जेष्ठ १६, २०७५ बुधबार  २ : ५५ बजे

भक्तपुर, १६ जेठ।  “सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु ?”

सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज भूकम्पपीडितका लागि आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै शिकारीटारका जुलुम कपालीले यस्तो गुनासो गर्नुभयो ।

प्रधानमन्त्रीले समस्या परेका भूकम्पपीडितले घर भत्किएकै ठाउँमा घर बनाउन पाइन्छ भन्नुभएको बताउँदै उहाँले घर भत्किएकै ठाउँमा घर बनाउन खोज्दा पनि नक्सापास नभएकाले घर बनाउन नपाएको गुनासो गर्नुभयो ।

लालपूर्जा नभएका यहाँका १५÷२० वटा वास्तविक भूकम्पपीडितका परिवारले घर बनाउनै नपाएको भन्दै समस्या सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय भूकम्पपीडित देवराज कपाली र ईन्द्रबहादुर कपालीले सरकारले दिएको रु ५० हजारले घर भत्काउन पनि नपुगेको भन्दै तेस्रो किस्तासम्मको अनुदान रकम एकैपटक उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सरकारले भने अनुसार बैंकहरुले सहुलियत ऋण दिन नमानेको भन्दै पीडितले सहुलियत ऋण उपलब्ध गराइदिन माग गरेका छन् । कतिपय भूकम्पपीडितले स्थानीय तहले नक्सापास नगरिदिँदा घर बनाउन नपाएको र दोस्रो किस्ता लिन नपाएको गुनासो गरेका छन् ।

स्थानीयवासी ममता राउतले सरकारले पहिलो किस्ता लिएका तर घर बनाउन नसकेका भूकम्पपीडितसँग पहिलो किस्ताको रु ५० हजार फिर्ता लिने नियम बनाएकोमा आपत्ति जनाउँदै घर बनाउन नसक्ने भूकम्पपीडितले रु ५० हजार फिर्ता गर्न नसक्ने बताउनुभयो ।

दधिकोट गाम्चाका गोपाल खड्काले जग्गाको क्षेत्रफल नमिलेको भन्दै नगरपालिकाले नक्सापास नगरिँददा सरकारको अनुदान पाउन नसकेको भन्दै नक्सापासमा सहजीकरण गरिदिन माग गर्नुभयो ।

स्थानीय सुमित्रा रिसालले सरकारले सानो घर आफंैले बनाइदिन माग गर्नुभयो । त्यस्तै ७० वर्षका धनबहादुर श्रेष्ठले मोही तल्छिन, भएको जग्गा मात्रै रहेकाले नक्सापास नहुँदा अनुदान लिन नसकेको बताउनुभयो ।

स्थानीयवासी पुनम कपालीले पहिलो किस्ताको रु ५० हजार पनि पाएको तर लालपूर्जा नभएको भन्दै स्थानीय तहले सिफारिस नगर्दा दोस्रो किस्ता पाउनबाट वञ्चित रहेको बताउनुभयो । लालपूर्जा नभएका स्ववासी भूकम्पपीडितलाई अनुदान दिन पनि उहाँले माग गर्नुभयो ।

कार्यक्रममा सहभागी अधिकांश भूकम्पपीडितले धनी र दुईवटा घर भएकाले तेस्रो किस्तासम्म लिएको तर गरिब र घर नभएका पीडितले पहिलो किस्ता समेत लिन वञ्चित भएको गुणासो गरें ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सरकारले सबै भूकम्पपीडितको सम्बोधन गर्ने भनेको बताउँदै भूकम्पपीडितको सम्बोधन नभए आफ्नै नेतृत्वमा पीडितसँग पुनःनिर्माण प्राधिकरणमा धर्ना बस्न जान तयार रहेको बताउनुभयो ।

वडा नं ४ का वडा अध्यक्ष उत्तम थापाले सरकारले निर्धारण गरेको नियमभित्र बाँधिएर बस्नुपर्ने र काम गर्नुपर्ने भएकाले त्यही नियमभित्र रहेर काम गर्नुपर्ने भएकाले समस्या भएको बताउनुभयो ।

मानवअधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले भूकम्पपीडितको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ घाइते, चार जनाको अवस्था गम्भीर

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

बिहीबार राति अफगानिस्तान र पाकिस्तानबीच हानाहान, ५५ जना पाकिस्तानी सैनिक मारिएको दावी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com