ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिजनल फ्लुबाट १० जनाको मृत्यु (भिडियो)


admin

काठमाडौं, २७ साउन । स्वान फ्लू, इन्फ्लूएञ्जा–ए अर्थात मौसमी रुघाखोकी सामान्य संक्रमण हो । तर, सामान्य संक्रमणबाट पनि धेरैले ज्यान गुमाइसकेका छन् । यो वर्ष मात्र देशका विभिन्न स्थानका १० जनाले ज्यान गुमाइसके । संक्रमीतको संख्या समेत बढेको छ । वर्षायाममा फोरमैला बढी हुने भएकाले पनि इन्फ्लूएञ्जा संक्रमतिको संख्या बढेको हुनसक्छ । मृतक र संक्रमितको संख्या बढ्न थालेपछि सरोकारवालाले स्वानइ फ्लू नियन्त्रण बाहिर गएको दावी गरेका छन् ।

स्वानइ फ्ल् अर्थात मौसमी रुघाखोकीलाई सामान्य संक्रमणकै रुपमा व्याख्या गरिएको छ । धेरैले यो नियन्त्रणभन्दा बाहिर गइसकेको बताएका छन् । तर, सरकारले भने मौसमी रुघोखोकी निणन्त्रण बाहिर नगएको दावी गरेको छ । बिहिबार संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संक्रमितको संख्या बढी रहेतापनि नियन्त्रण बाहिर नरहेको दावी गरेका हुन ।

सरकारले इन्फ्लूएञ्जा–ए को संक्रमण नियन्त्रण बाहिर नरहेको दावी गरे पनि यो वर्ष मात्र यो संक्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् । सरुवा रोग नियन्त्रण महाशाखा अन्तरगतको इपीडीमियोलोजी शाखाका अनुसा यो वर्ष पोखराका ३ र झापामा २ र स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं र ललितपुरका एक/एक जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म परिक्षण गराएका मध्ये देशभरका ५ सय जनामा इन्फ्लूएञ्जाको संक्रमण भेटिएको महाशाखाका स्वास्थ्य प्रवन्धक गुणनीधि शमाले जानकारी दिएका छन् ।

सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार वालबालिका, वृद्धवृद्धा, गर्भवती र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुमा इन्फ्लूएञ्ज–ए को संक्रम बढी हुने गरेको छ । यस वर्ष इन्फ्लूएञ्ज–ए बाट ज्यान गुमाउनेहरु पनि वालबालिका र वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु रहेको मशाखाले जानकारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा समेत इन्फ्लूएञ्जा–ए बाट संक्रमितको संख्या बढ्दो छ । यस अघि नै काठमाडौं र ललितपुरमा एक/एक जनाले ज्यान गुमाइसकेका छन् । वर्षायाम सुरु भएपछि टेकुमा रहेको सुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा मात्रै दैनिक १५ जनाको हारहारीमा इन्फ्लूएञ्जा संक्रमित भेटिने गरेको अस्पतालका चिकित्सक शेरबहादुर पुन बताउँछन् । सरकारले इन्फ्लूएञ्जा–ए नियन्त्रण बाहिर नरहेको बताए पनि दिनानुदिन संक्रमितको संख्या बढ्दो छ । वर्षायाम बाँकी नै रहेकाले अझै पनि संक्रमितको संख्या बढ्न सक्छ । स्याङजाको वालिङ लगायतका क्षेत्रमा यो संक्रमणले महामारीकै रुप लिइसकेको छ । अन्य क्षेत्रमा समेत यसले महामारीको रुप लिन सक्छ । महामारीकै रुप लियो भने धेरै मासिनको ज्यान जान सक्छ । त्यसैले सरकारले समयमै इन्फ्लुएञ्जा संक्रमण रोक्न विशेष गहल गर्नु पर्छ ।

वर्षायाममा बढी फोहोर मैला हुने भएकाले स्वभाविक रुपमा रुघाखोकी र झाडापाखालाको संक्रमण बढी हुने गरेको छ । इन्फ्लूएञ्जाको संक्रमण पनि वर्षायाममै बढी फैलने गरेको छ । सरकारले इन्फ्लूएञ्जा नियन्त्रणमै रहेको बताए पनि ढुक्क हुने अवस्था छैन । किनकी, दिनानु दिन इन्फ्लूएञ्जा संक्रमितको संख्या बढ्दो ।

तर, इन्फ्लूएञ्जाको संक्रमणबाट बच्नका लागि सर्वसाधारणले नै विषेश सावधानी अपनाउनु पर्ने देखिन्छ । किनकी, स्थास्थ्य संस्था भनेको विरामी भए पछि उपचार गर्ने निकाय मात्र हो । त्यसैले रोग लागेर उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनु नै उत्तम हुनेछ । इन्फ्लूइञ्जा समान्य संक्रमण हो । तर, आम नागरिकलाई यो संक्रमणबाट कसरी बच्ने भन्ने थाहा छैन । त्यसैले, यो संक्रमणबाट मानिसले ज्यानै गुमाउने गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com