काठमाडौं, ३० चैत्र । ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यलाई बिहीबार साझँ प्रहरीले पक्राउ गरको छ । शाक्यलाई गृह मन्त्रलायले गठन गरेको छानविन समितिले अनुसन्धानका लागि पक्राउ गरेको हो।
डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मोरङका सोनम शाक्यको हत्या पश्चात् अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको दायरामा राखेको छ। यसअघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ परिसकेका छन्। गृह मन्त्रालयले छानविनका लागि सहसचिव ईश्वर पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्