ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह


एबीसी न्यूज

काठमाडौँ, २८ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमानी देश, व्यावहारिक लोकतन्त्र, विविधतासहितको राष्ट्रिय एकता र स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुुभयो ।

व्यावसायिक क्षेत्रले सरकारको भावना बुझेको आफ्नो विश्वास रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य महासंघले प्रत्येक प्रदेशमा सञ्जाल विस्तार गरेर औद्योगिक प्रवद्र्धनमा लागेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा समृद्धि प्राप्तिका खातिर सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्छ । कृषि, वन एवं देशमा उपलब्ध साधन र स्रोतलाई इन्नोभेटिभ तवरले आगाडि बढाउनुपर्छ, त्यसका लागि सरकार निजी क्षेत्रलाई सघाउन तयार छ ।”

देशको अर्थतन्त्रलाई चौतर्फी ढंगबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो पुस्ताको प्रविधिमा आधारित भएर मुलुकको औद्योगिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

मुलुक पछौटेपनामा रुमलिनु दःुखद् भएको भन्दै उहाँले विश्वव्यापी स्तरमा नेपालले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सन् २०२२ सम्ममा विकासशील मुलुक र सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्नैपर्छ । त्यसमा सकिएन भन्ने छुट हुने छैन ।”

सरकारले आर्थिक नीति तय गर्दा उद्योग वाणिज्य क्षेत्रसँग परामर्श गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले उद्योग वाणिज्य क्षेत्रलाई यथोचित सहयोग गर्न आवश्यक पर्ने ऐन, प्रशासनिक एवं व्यावहारिक पक्ष सबैमा सुधार गर्न सरकार तयार छ भन्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ऊर्जा विकास, एकद्वार प्रणाली लागू, पुराना कानुन संशोधन तथा खारेजी, व्याजदरमा सुनिश्चितता र दोहोरो कर तिर्न नपर्ने व्यवस्था लागू गर्न सरकारसँग आग्रह गर्नुभयो ।

समृद्धिको बाटोमा सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष राणाले त्यसका लागि उचित वातावरण आवश्यक भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं जिल्लाका प्रतिनिधिहरुका उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com