ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य क्षेत्रमा अनुसन्धानको दायरा बढाउन जोड


एबीसी न्यूज

 

काठमाडौँ, २८ चैत । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले देश नयाँ संरचनामा गएकाले सोहीअनुसार स्वास्थ्यमा अनुसन्धानको दायरा बढाउनुपर्ने खाँचो भएको बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि यहाँ शुरु भएको चौथो ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन’लाई सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले भन्नुभयो, ‘‘स्वास्थ्यको सम्पूर्ण बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्टयाउनु पर्ने भएपनि त्यसो भएको छैन । स्वास्थ्यका योजना बनाउँदा पनि अनुसन्धान गरेर मात्र गर्ने समय भयो । अब मन्त्रालयले सेवासँगै अनुसन्धानलाई पनि प्राथमिकतामा राख्छ ।’’

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा सुशीलनाथ प्याकुरेलले नसर्ने रोगको वृद्धि, नयाँ नयाँ रोगहरूसँग सामना गर्न अनुसन्धान जरुरी भएको बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का संस्थापक अध्यक्ष डा मृगेन्द्रराज पाण्डेले सन् १९८४ मा बनेको अनुसन्धान कमिटीको बदला स्वास्थ्यका बृहत विषयमा अनुसन्धान गर्न छुट्टै निकाय चाहिन्छ भनेर परिषद् स्थापना भएको बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले सम्मेलनमा विभिन्न आठ विधामा प्रस्तुति रहने जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य तथा जनसंख्या विज्ञहरूलाई एउटै स्थानमा भेला गरी बदलिँदो स्वास्थ्य प्रणालीमा समयानुकूल अनुसन्धानको आवश्यकताबारे छलफल गर्न तथा जिम्मेवारीपूर्ण अनुसन्धानप्रति अभिप्रेरित गर्ने लक्ष्यअनुसार सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयका अनुसन्धाताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ६५ वटा अनुसन्धानका मौखिक प्रस्तुति गर्नेछन् भने ६७ पोष्टरको प्रस्तुति हुनेछ । आमन्त्रित विज्ञहरूबाट संघीयतामा स्वास्थ्य अनुसन्धान, नेपालमा सञ्चालन भइरहेका स्वास्थ्य अनुसन्धानसम्बन्धी गतिविधिका बारेमा जानकारी, नेपालमा नसर्ने रोग र गरिबी जस्ता आठ विषयमा प्रस्तुति दिइने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com