चितवन ,२७ चैत / चितवनको भरतपुर महानगरपालिका २ मा रहेको कालिका कन्सट्रक्सनको कार्यालय अगाडी बम बिस्फोट भएको छ । पुर्वमन्त्री एवम् राप्रपाका नेता बिक्रम पाण्डेको कन्स्ट्रक्सन कार्यालयको कम्पाउण्डमा राती पौने ९ बजे आसपास बम विस्फोट भएको हो । बम बिस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र कम्पाउन्डमा समेत आंशिक क्षति पुगेको छ । कम्पाउन्ड नजिक बिस्पोटक पदार्थ राखेर तारको प्रयोग गरेर बिस्फोट गराइएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । घटना कसले गराएको भन्ने एकिन नभएको तर विप्लव समुहले गराएको प्रहरीले अनुमान गरेको छ । एक साता अघि मात्रै सिन्धुलिमा कालिका कन्स्ट्रक्सनको सवारीसाधन र जेसिबिमा आगजनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्