काठमाडौँ, २७ चैत । काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, मोवाईल लुटपाट तथा पाकेटमारी गर्ने ५ जनालाई प्रहरीले १७ थान मोवाईल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रगिरी नगरपालिका–११ बस्ने बैतडी देउमाडांै नगरपालिका–५ घर भएका १७ बर्षीय कबिन्द्र बोहरा, सतुङ्गल बस्ने सुनसरी घर भएका २९ बर्षीय बिनोद गुरूङ्ग, सिन्धुली डकाहा घर भएको १७ बर्षीय कान्छा थापामगर, २० बर्षीय कुमार थापामगर, सिन्धुपाल्चोक मानेश्वर नगरपालिका–१ घर भएका ४५ बर्षीय देब बहादुर राउत रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्