चैत २७ – मलेसियामा उपचारको क्रममा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको आइतबार मृत्यु भएको हो । २० गते बिहान ओछ्यानबाट उठन नसकेपछि प्रकाशलाई अस्पताल लगिएको थियो ।
प्रकाशका साथीका अनुसार ओछ्यानबाट उठ्न नसकेका प्रकाशकाे शरीरको एक भाग नचल्ने भएकाे थियाे । प्रकाश मलेसियाको जोहरबारुस्थित जिआरसी एसडिएन बिएचडी कम्पनीमा काम गर्नुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्