ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीका नाममा देखियो बेरुजु


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार   ८ : ३४   बजे

काठमाडौँ, २७ चैत । मन्त्री भएका सांसदका नाममा संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ। शाखाले केही मन्त्रीले हिसाब मिलान नगरेको बताएको छ।

शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरूले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाए। ‘सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ’, उदासले भने– ‘सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं।’ उदासले महिनालाई दिनमा गणना गरेर हिसाब मिलान गरिने बताउनुभयो। सांसदलाई यसअघिको संसद्को कार्यकाल रहँदा महिनाको शुरुमा नै तलब उपलब्ध गराइन्थ्यो। यसपालि सांसदले फागुन महिनाको तलब बुझेका छन्। महिनाको अन्तिममा मात्र तलब दिने संसद् सचिवालयको तयारी छ।

‘२०५२ सालमा बनाएको सांसद सुविधा ऐन’ ले महिनाको शुरुमा नै तलब उपलब्ध गराउने व्यवस्था गरेकाले सचिवालयले यसअघिका संसद्मा महिनाको शुरुमा नै तलब खुवाएको थियो। ‘ऐनमा नै उल्लेख भएपछि केही भन्न मिलेन र त्यसै गरी तलब दियौं, अहिले यसबारे केही भनिएको छैन’, शाखाका एक कर्मचारीले भने– ‘अब भने महिनाको अन्त्यमा मात्र तलब दिन्छौं, पुराना सांसदहरू तलब किन ढिलो भनेर सोध्नुहुन्छ, यही जवाफ दिन्छौं।’ सांसदले अनिवार्यरूपमा सिंहदरबारभित्र रहेको एभरेस्ट बैंकको खाता खोल्नुपर्ने हुन्छ, खाता नखोलिएका सांसदको तलब जाँदैन।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारका केही मन्त्रीले हिसाब मिलान गर्न ढिलाइ गरेको उदासको भनाइ छ।
‘हिसाब नबुझाएको नै भन्ने त होइन तर केही ढिलो भएको छ, हामीले उहाँहरूलाई जानकारी दिइरहेका छौं’, उदासले भने– ‘सचिवालयमा पैसा फिर्ता गर्दिनँ भन्न पाइँदैन, मन्त्री भएको अर्को महिनाबाट खातामा पैसा जाँदैन।’ शाखाले कसैले नसम्झेमा वा खबर नपाएमा संसदीय दलको कार्यालयमा पनि जानकारी गराउने गरेको छ।

बिहीबार संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आउनुभएका पूर्वमन्त्री रामकृष्ण यादवले हिसाब मिलान नगर्दा समाजमा गलत सन्देश जाला भन्ने विषयमा सचेत रहँदै आए पनि शाखामा आउन केही ढिलो भएको बताए। धनुषा–२ बाट संविधानसभाका दुई वटा निर्वाचन जितेका यादव देउवाको नेतृत्वको सरकारमा कृषिमन्त्री थिए।

देउवा सरकार फागुन ३ गतेसम्म रहेको थियो। देउवा सरकारमा नै भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामाले पनि शाखामा आर्थिक हिसाब बुझ्नका लागि सहयोगी पठाएकी थिइन्। ‘यसअघि पनि के छ हिसाब भनेर सोधेको थिएँ, अब भने फरफारक गर्नलाई आएको’, पूर्वमन्त्रीका सहयोगीले भने– ‘जे छ हिसाब गरेर बुझाउँछु।’

संसदीय दलका पदाधिकारी र सांसदहरूले संसद् सचिवालयबाट लिएका सुविधाका ल्यापटप पनि अझै बुझाएका छैनन्। जिन्सी ९एकाइ० स्टोरका शाखा अधिकृत बिनोदकुमार मालीले समयमै ल्यापटप नल्याउने संसद्का पदाधिकारीलाई जानकारी गराइएको बताए।

सुविधाका लागि रातो पासपोर्ट लिएका सांसदले पनि अहिलेसम्म सबैले रातो पासपोर्ट बुझाएका छैनन्। सांसद सिधै परराष्ट्र मन्त्रालयको राहदानी विभाग गएर वा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय शाखामा आएर पासपोर्ट बुझाउनुपर्नेछ। शाखाकी उपसचिव रेखा उपाध्याया खनालले राहदानी विभागमा नै पूर्वसांसद्ले बुझाएको पासपोर्टको विवरणको जानकारी पनि शाखामा आउने बताए। शाखाले पासपोर्ट बनाउनका लागि सांसदलाई समन्वय गर्दै आएको छ। नेपाल समाचार पत्रबाट ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group