काठमाडौं, २६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता भए लगतै नेपालका लागी भारतका पूर्व तीन राजदूत एकैपटक राजधानी आईपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण सकेर फर्केको भोलीपल्टै अर्थात सोमबार श्याम शरण, देव मुखर्जी र रणजीत राय नेपाल आएका हुन् ।
यद्यपी उनिहरु कुनै राजनीतिक उदेश्यका साथ नभई ट्रेकिङको लागि नेपाल आएको जनाइएको छ । पर्यटन व्यवसायी विक्रम पाण्डेले हिमालयन एक्स्पेडिसनको संयोजनमा उनीहरु उपल्लो डोल्पाको ट्रेकिङमा आएको समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्