काठमाडौं, २६ चैत्र । काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इन्जिनियरलाई ठेक्काको रकम भुक्तानीमा ५ लाख रुपैयाँ घुस लिदै गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा प्रमुख प्रशासकिय अधिकृत (उपसचिव) लिला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई ५ लाख रुपैयाँ घुससहित आयोगको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय छेउमै सडकमा गाडीसहित प्रशासकीय अधिकृत अधिकारी र इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता दीर्घराज मैनालीले बताए ।
दुवै जनाले ठेक्कावापतको रकम भुक्तानी र काम गरेको अनुभवको पत्र लेखिदिन भनेर घुस मागेका थिए । पोखरी निर्माणसम्बन्धि ठेक्कामा दुई अधिकारीले घुस माग गरेपछि पीडित ठेकदारले आयोगलाई निवदेन दिएका थिए । पिडितको निवदेन अनुसार आयोगले अधिकारी र श्रेष्ठलाई उनिहरुको गाडीभित्र घुस रकम लिदै गरेको अवस्थामा प्रक्राउ गरेको हो । उनिहरुमाथी आवश्यक अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्