काठमाडौँ, २६ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधारलाई मात्रै समृद्धिको आधार मान्न नहुने बताउनुभएको छ ।
संस्कार समाज नेपालले आज आयोजना गरेको ‘असल संस्कार–समृद्धिको आधार महाअभियान’को शुभारम्भ गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “समाज परिवर्तनविनाको समृद्धिको अर्थ हुँदैन, समृद्धि हासिल गर्न समाज संस्कारयुक्त हुनुपर्छ ।”
संस्थाका अध्यक्ष पशुपति गुरुङले आजका बालबालिका भोलिका सम्पत्ति भएकाले तिनलाई संस्कारयुक्त बनाउन नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले युवाहरुमा सकारात्मक सोच हुनुपर्ने बताउनुभयो । राष्ट्रिय अपांग कोषका सदस्यसचिव यम मैनाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, कामपा २६ नं वडाध्यक्ष ख्याम तिवारी, चन्दा पाठकलगायतले संस्कारको शुरुआत आफैबाट गर्नुपर्छ भयो ।
प्रतिक्रिया दिनुहोस्