ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीदको योगदानको उच्च कदर हुनुपर्ने – उपसभामुख


एबीसी न्यूज

पोखरा, २६ चैत । प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताउनुभएको छ ।

आज महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उहाँले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले शहीदको योगदानलाई उच्च सम्मान गर्दै शहीदले देखाएको बाटो अंगाली समृद्धि र विकासका लागि लाग्नुपर्नेमा उहाँको जोड थियो ।

प्रदेशसभा सदस्य कृष्ण थापाले शहीदका बलिदानका जगमा भएका परिवर्तनका उपलब्धिलाई संस्थागत गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले परिवर्तनका उपलब्धिलाई जोगाएर यसको सफल कार्यान्वयन गरे मात्र शहीदका सपनाले मूर्तता पाउने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज राजकाजी गुरुङले मुलुकमा रोजगारी सिर्जना गरी नागरिकलाई आत्मनिर्भर बनाउन सके शहीदको सपनाले सार्थकता पाउने बताउनुभयो ।

स्व दाहालको १३ औँ स्मृति दिवसका अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा संस्थाका सल्लाहकार विश्वप्रकाश लामिछानेले पोखरा लेखनाथ महानगरपालिका–१८ मा भीमसेन दाहालको स्मृतिमा शहीद पार्क निर्माणका लागि छुट्याइएको जग्गामा प्रदेशस्तरीय पार्क निर्माण गरिनुपर्ने बताउनुभयो ।

स्व दाहालको २०६२ साल चैत २६ गते आजैका दिन जुलुशमा सहभागी हुँदा तत्कालीन राज्यपक्षबाट चलाइएको गोली लागि निधन भएको थियो । (तस्वीर उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com