ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे


एबीसी न्यूज
जेष्ठ २, २०८३ शनिबार  ८ : ५३ बजे

काठमाडौं, २ जेठ । राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान ‘बालेन सरकार’ जनताप्रति क्रुर र निरंकुश बन्दै गएको आरोप लगाएको छ । अभियानले सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी पनि दिएको छ ।

शनिबार राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय स्वाधीनताको मुद्दामा मौनता अपनाएको तर जनतामाथि कठोर व्यवहार गरिरहेको आरोप लगाए । ‘लिपुलेकजस्ता राष्ट्रिय मुद्दामा सरकार मौन छ, तर जनतामाथि निरंकुश शैलीमा प्रस्तुत भइरहेको छ’, उनले भने ।

सह–संयोजक अजय सोडारीले संसद भवन र सिंहदरबारमा भएका घटनामा मौन बसेको राज्य सुकुम्वासी बस्तीमा डोजर चलाउन सक्रिय भएको भन्दै आक्रोश व्यक्त गरे । उनले वर्तमान सरकारमा ‘जोस बढी र होस कम’ भएको टिप्पणी गर्दै विधिको शासन र कानुनी राज्यको उपहास भइरहेको आरोप लगाए । अभियानका प्रवक्ता विर्जन विश्वकर्माले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार पीडितलाई न्याय दिन सरकार असफल भएको दाबी गरे । उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

सचिव प्रकाश बमले प्रधानन्यायाधीश, न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा योग्यता र प्रतिस्पर्धाको आधारलाई बेवास्ता गरिएको आरोप लगाए । अभियानका सुनिल विकले भारतले कालापानी र लिपुलेक क्षेत्रबाट सेना नहटाए राष्ट्रिय मुक्तिको आन्दोलन आवश्यक पर्ने धारणा राखे । यस्तै, सुशील बुढाथोकीले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय र गैरकानुनी भएको बताए । अभियानका जनम सिंहले सरकारको कूटनीतिक अपरिपक्वताका कारण राष्ट्रियता संकटमा परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com