ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामाथि नेपालको शानदार जित


एबीसी न्यूज
जेष्ठ २, २०८३ शनिबार   ९ : ०२   बजे

काठमाडौं, २ जेठ । आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदै अलआउट भएको थियो। अमेरिकाले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा १ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि ओपनर आसिफ शेखसँग १४५ रनको शतकीय साझेदारी बनाएका थिए। आसिफ शेख २६.३ ओभरमा पहिलो विकेटको रुपमा पेभेलियन फर्किए। उनले ७२ बलमा ८ चौकासहति ५८ रन बनाए। वान डाउन आएका डेब्यूटेन्ड इशान पाण्डे २० रनमा अविजित रहे।

अमेरिकाको लागि एक मात्र विकेट मोहम्मद मोसिनले लिएका थिए। त्यसअघि, ब्याटिङ गरेको अमेरिकाको लागि र स्मित पटेलले सर्वाधिका ८३ रनको पारी खेले। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। उनले दोस्रो विकेटको लागि सेहान जयसुरियासँग १०० रनको शतकीय साझेदारी बनाएका थिए। पहिलो विकेटको रुपमा ओपनर ब्याटर सयान जहाङ्गिर ६ रनमा सोमपाल कामीको हातबाट बोल्ड भएका थिए।

दोस्रो विकेट सेहन जयसुरियाको गयो। उनले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रनको पारी खेले। कप्तान साइतेजा मुक्कामल्ला ४ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। शुभम रञ्जाने २ रनमा आसिफ शेखको हातबाट रनआउट भएका थिए सातौं विकेटको रुपमा मिलिन्द कुमार २८ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए। त्यसपछि भने अमेरिकाले ३ रन बटुल्न २ विकेट खेर फाल्यो। हर्मित सिंह अनितम विकेटको रुपमा १४ रनमा क्याच हुँदा अमेरिका ४३।३ मा अलआउट भएको हो। नेपालका लागि बलिङ तर्फ दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group