काठमाडौं, २ जेठ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।
दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो ।बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।



















प्रतिक्रिया दिनुहोस्