ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय


एबीसी न्यूज
जेष्ठ २, २०८३ शनिबार   २ : २६   बजे

काठमाडौं, २ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज (शनिबार) डीडीसीद्वारा उत्पादित चिज खाँदै सामाजिक सञ्जाल फेसबुकमा देखिएका छन्। उनले उक्त तस्बिरसँगै अंग्रेजीमा क्याप्सन लेख्दै ‘Say cheese, DDC cheese’ उल्लेख गरेका छन्।

बालेन शाह प्रायः सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका छन्। यसपटक पनि उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा उनी चिज खाइरहेको अवस्थामा देखिएका छन्।

यसअघि प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले उनको आलोचना गरिरहेका बेला शाह फेसबुकमा सक्रिय देखिएको भन्दै टिप्पणी भइरहेको छ।

विपक्षी सांसदहरूले उनलाई संसद्‌मा उठेका प्रश्नहरूको जवाफ सामाजिक सञ्जालबाट होइन, संसद्‌मै उपस्थित भएर दिनुपर्ने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीको भूमिका संसद्‌मा कमजोर देखिएको आरोप पनि लगाइरहेका छन्।

त्यसैबीच, कालो कोटमा देखिने प्रधानमन्त्री शाह यसपटक फेसबुकमा सेतो पहिरनमा देखिएका छन्। उनले अघिल्लो शनिबार पनि यस्तै पहिरनमा तस्बिर सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group