२०८२ एमालेका लागि दुखदः एमाले सांसद हमाल , भिडियो
काठमाडौ , बैशाख २ । नेकपा एमालेका सांसद टुका हमालले २०८२ साल एमालेको लागि दुखद भएको बताएकी छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएकी हुन । रास्वपा बहुमतको सरकारले २४ घण्टा नवित्दै अध्यक्ष केपी शर्मा ओलिलाई गिरफतारी गर्नु पनि हाम्रो लागि दुखद पक्ष हो , उनले भनिन । ओलिको पक्राउ र रिहाई संगै २०८२ सालमा नमिठो अनुभव पाएको उनको भनाई छ । आफना अध्यक्ष र नेतामाथि रास्वापा सरकारले प्रतिशोध साधेको सांसद हमालको दावी छ । साथै कार्यक्रममा उनले भनिन अर्का प्ष भनेको २०८२ साल फागुन २१ को प्रतिनीधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजय । पार्टीले निर्वाचनमा अनपेक्षित पराजय भोग्नु पनि २०८२ साल कष्टकर रहेको उनले बताइँन । पार्टीभित्र नेतृत्व विवाद चर्किदा झनै २०८२ साल चुनौतीपुर्ण रहेको उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्