काठमाडौ, चैत्र २६ । नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीले कांग्रेस मिलाउन नेताहरुको खुट्टा पनि ढोक्ने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्व र १४ औं महाधिवेशनबाट आएको नेतृत्व विच विमति हुदा कांग्रेसको विवाद छताछुल्ल भएको छ । कांग्रेसभित्रको विवाद मिलाउन गगन पक्ष नेतृत्वले केन्द्रिय कमिटिको बैठक पनि बोलाएको थियो । तर विवाद साम्य नभई उग्र हुदा थकालिले सबै पक्षलाई मिलाउन नेताहरुको खुट्टा ढोक्न पनि आफु तयार भएको बताएका छन । गगन पक्षलाई विवाद मिलाउन आफुले फोनमा संवाद गरेको पनि उनले बताए । केहिदिनदेखि आन्तरिक विवाद मिलाउन भन्दै बसेको समानान्तर कमिटिको बैठक पनि असफल भएको उनको भनाई छ । कार्यक्रममा प्रस्तोताको प्रश्नमा कांग्रेस फुटदै छ हो भनि सोध्दा उनले भने सर्वोच्चको निर्णयले पनि कांग्रेस नफुटाउने उनको तर्क छ । कांग्रेस नफुटने र फुटन नदिनको लागि आफु हरेक दिन नेताहरुसंग् छलफलमा रहेको उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्