ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, को–को छन् प्रतिस्पर्धामा ?


एबीसी / संवाददाता

काठमाडौँ, २५ माघ । रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रियसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

तत्कालीन राष्ट्रियसभा सदस्य नेकपा (एमाले)का खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।

आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । मतदान सकिएपनि गणना गरिने र परिणाम आजै सार्वजनिक गर्ने तयारी छ ।

माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवार कुमार दसौदी र कांग्रेसका माधवप्रसाद आचार्य दुवै रोल्पाका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तह प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा १०८ पालिका रहेका छन् । तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ । एमालेले २७, माओवादीले २५, जनता समाजवादी पार्टी (जसपा)ले ३, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २–२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, नेकपा (माओवादी केन्द्र)ले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले १–१ सिट जितेका छन् ।

स्वतन्त्रबाट भने २ जनाले जितेका छन् । स्वतन्त्रबाट ३ जनाले जिते पनि निर्वाचित भइसकेपछि एक जना स्वतन्त्र निर्वाचित व्यक्ति माओवादी केन्द्रमै फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com