ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चमा मल्ल–शर्मा प्रकरणले न्यायालयमा तरंग, रिट दर्ता रोकिएको आरोपपछि कामु प्रधानन्यायाधीश मल्लको कडा हस्तक्षेप


एबीसी न्यूज
जेष्ठ ४, २०८३ सोमबार  १ : ५१ बजे

काठमाडौं ४ जेष्ठ ।सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिससम्बन्धी विवादले न्यायालयको निष्पक्षता र प्रक्रिया नै प्रश्नको घेरामा परेको छ।

संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सो निर्णयविरुद्ध कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर, सुरुमा ती रिटहरू दरपिठ गरिएको र पछि दर्ता प्रक्रियामा समेत अवरोध भएको आरोप सार्वजनिक भएको छ।

यसै क्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले मुख्य रजिस्ट्रारसँगको छलफलपछि रिट दर्ता प्रक्रिया अवरुद्ध हुनु गम्भीर विषय भएको भन्दै तत्काल दर्ता गर्न आदेश दिएकी छन्।

मुख्य रजिस्ट्रारले प्रारम्भिक रूपमा ती रिटहरू दर्ता नगर्न निर्देशन आएको बताएका विवरण सार्वजनिक भएपछि सर्वोच्चको प्रशासनिक प्रक्रियामाथि नै प्रश्न उठेको छ। आरोपअनुसार, सिफारिस भएका न्यायाधीश स्वयंको निर्देशनमा रिट दर्ता रोकिएको भनिएको छ, जसले न्यायिक निष्पक्षतामाथि बहस चर्काएको छ। कानुन व्यवसायीहरूले यो घटनालाई “न्यायप्राप्तिको अधिकारमा अवरोध” भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार संवैधानिक चुनौतीसम्बन्धी रिटलाई प्रशासनिक तहमा रोक्नु कानुनी प्रक्रिया र जनआस्थामाथिको गम्भीर आघात हो।

कामु प्रधानन्यायाधीश मल्लले भने संविधानको धारा १३६ तथा न्याय प्रशासन ऐन, २०७३ का प्रावधान उल्लेख गर्दै अदालतमा दर्ता हुन आएका निवेदन रोक्नु अस्वीकार्य हुने स्पष्ट पारेकी छन्। उनले तत्काल सबै रिट दर्ता गरी प्रक्रिया अघि बढाउन आदेशसमेत दिएकी छन्।

यो घटनाले सर्वोच्च अदालतभित्रको प्रशासनिक स्वतन्त्रता, दर्ता प्रक्रिया र न्यायिक निष्पक्षताबारे गम्भीर प्रश्न उठाएको छ। न्यायालयभित्रकै निर्णय र निर्देशनबीचको द्वन्द्व सार्वजनिक भएपछि अब यो विषय कानुनी मात्र नभई संस्थागत विश्वाससँग जोडिएको संवेदनशील मुद्दा बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार उल्टो बाटोमा ः अर्थविद् प्राध्यापक डा. दंगाल, भिडियो

नीति तथा कार्यक्रम सान्र्दभिक ः अर्थविद् ,विष्ट , भिडियो

सम्बन्धित

१०० पछि १५० विकेटमा पनि सन्दीपको रफ्तार, विश्व क्रिकेटमा नयाँ इतिहास

कामु प्रधानन्यायाधीश मल्ल – “अदालतको ढोका थुन्नु न्यायको बाटोमा अवरोध र अराजकता हो”

रोकेका रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको कडा आदेश

मर्यादित भएर गतिविधि गर्न सांसदहरुलाई सभामुख अर्यालको निर्देशन

पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा हटाइए (तस्बिरसहित)

केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com