काठमाडौ , जेठ ४ गते । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले नेपालमै क्यान्सरको उपचार हुने गरेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेपालमा विश्वस्तरीय प्रविधी भित्रिएकाले क्यान्सरको उपचार सहज तरिकारले हुने गरेको छ । क्यान्सर रोग लागेका विरामीले समयमै उपचार गरेमा क्यान्सर रोग पुर्ण रुपमा ठीक हुने उनको भनाई छ । क्यान्सर सम्बन्धी चेतनाको अभाव, ढिलो गरि रोग पत्ता लाग्ने समस्या र क्यान्सर भनेको मृत्यु हो भन्ने मानसिक त्रासका कारण विरामी विदशे जाने गरेको उनले बताए । क्यान्सर रोगका विषयमा सरकारले अभियान चलाउनु पर्ने उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्