ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी


एबीसी / संवाददाता

काठमाडौँ, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा काठमाडौँ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उनले काठमाडौँ उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण दैनिक ट्राफिक जामको समस्या भोगिरहेको हुँदा त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएकी हुन् ।

“हामी सबैले दैनिकरूपमा अनुभव गर्ने एउटा समस्या सवारी जाम हो, बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण हामीले दैनिकरूपमा ट्राफिक जामको समस्या भोगिरहेका छौँ”, राष्ट्रपति भण्डारीले भनिन्, “यो समस्या समाधानका लागि सडक चौडा गरेर मात्र पुग्दैन, साना सवारी साधनभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनु पर्दछ ।”

उपत्यकामा सवारी साधनको पार्किङको समस्या पनि जल्दोबल्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यो समस्याको दिगो समाधानका लागि नगरपालिका तथा सम्बद्ध निकायहरूले समन्वयात्मक पहल गर्नु आवश्यक रहेको बताइन् ।

काठमाडौँ उपत्यकाका सहरहरूलाई व्यवस्थित आधुनिक सहरका रूपमा विकास गर्न संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाहरूका साथै काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, विद्युत् प्राधिकरण, ट्राफिक प्रहरी, उपत्यका खानेपानी लिमिटेड एवं पुरातत्व विभाग जस्ता सरकारका विशिष्टीकृत निकायहरूबीच आपसी समन्वयको आवश्यकता रहेको उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भनिन्, “उपत्यकाका सहरहरूलाई सभ्य सहरका रूपमा विकास गर्न भएका पुस्तकालय तथा वाचनालयलाई सुदृढ तुल्याउनाका साथै निश्चित दूरीभित्र सार्वजनिक पुस्तकालयको उपलब्धतालाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन पनि म स्थानीय पालिकासहित सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।”

स्थानीय तहहरू मुलुकको आर्थिक प्रगतिका आधारभूत एकाइ हुनाका साथै संघीय र प्रदेश सरकारका नीतिहरूलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण जननिर्वाचित अंग भएको र संविधानप्रदत्त अधिकार र कर्तव्यलाई जनताको आर्थिक समृद्धिको आकांक्षासँग जोड्न सके मात्र मुलुक निर्माणको सपना साकार हुन सक्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले सार्वजनिक शिक्षा तथा स्वास्थ्य, शुद्ध पिउने पानी, सरसफाइ, घरपालुवा जनावरको यथोचित व्यवस्थापन, पर्यटन र कृषि क्षेत्रलाई हरेक स्थानीय तहले आफ्नो परिवेशअनुकूलका योजना तथा कार्यक्रम तर्जुमा गर्दा विशेष प्राथमिकतामा राख्न आह्वान गरिन् ।

उपत्यकाभित्र र बाहिर रहेका महानगर तथा पालिकाहरूका बीचमा समन्वय हुन सकेको खण्डमा सागसब्जी, फलफूल, खाद्यान्न, पुष्प उत्पादन जस्ता कृषि उपजको बजार व्यवस्थापन तथा उपभोक्तालाई राहत दिने कार्यमा सहजीकरण हुन सक्ने उनको भनाइ थियो ।

स्वास्थ्य, शिक्षा, व्यापार व्यवसाय तथा रोजगारीको अवसरका कारण समेत मुलुकभरिबाट राजधानी आउनुपर्ने अवस्थाले काठमाडौँ उपत्यकामा जनसङ्ख्याको अत्यधिक चाप बढ्न गएको कारण यातायात, खानेपानी तथा सरसफाइ, ढल व्यवस्थापन, नदी प्रणाली व्यवस्थापनमा चुनौती उत्पन्न भएको उनको ठम्याइ छ ।

“वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पर्ने घातक असरलाई रोक्न तथा चुलिँदो व्यापार घाटालाई न्यूनीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई जोड दिनुपर्दछ”, राष्ट्रपति भण्डारीले भनिन्, “यसका लागि सरकारी कार्यालय, स्थानीय तह, विद्यालय तथा विश्वविद्यालय, अस्पताललगायत सार्वजनिक संस्थाहरूले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिनुपर्दछ ।”

उपत्यकाको विकासका लागि सरकारका अन्य निकायहरूलाई समेत उदाहरण हुने गरी आपसी समन्वय र साझेदारी विकास गर्न उनले सबैसमक्ष आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “विश्वका सुन्दर सहरहरूमध्ये मानिने काठमाडौँ उपत्यका सम्भावना र चुनौती दुवै बोकेको सहर भएको र रमणीय हिमशृङ्खलाहरू सहजै देख्न सकिने, वरिपरि हरियाली वनजंगल भएको, साथै विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० धरोहरहरूमध्ये सातवटा अवस्थित रहेको काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक राजधानीसमेत हो भन्नु अतिशयोक्ति होइन ।”

देशको मुख्य आर्थिक, शैक्षिक एवं धार्मिक गतिविधिको केन्द्र पनि यही उपत्यका भएकाले यहाँको विकास, प्रगति र उन्नतिसँग मुलुकको भाग्य र भविष्य अभिन्नरूपले जोडिएको उनको भनाइ थियो ।

घरभित्रको प्रदूषणलाई रोक्न र आन्तरिक ऊर्जा खपत बढाई पेट्रोलियमलगायतका ऊर्जा आयातलाई कटौती गर्न विद्युतीय चुलोको प्रयोगलाई व्यापक बनाउन स्थानीय तहहरूले आवश्यक पहल गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो ।

जनसङ्ख्यामा भएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको उर्वर कृषियोग्य जमिन, ताल, पोखरी, नदीनाला एवं खुला क्षेत्रमाथि अतिक्रमण भइरहेको उल्लेख गर्दै उनले नदी प्रणालीमा भएको मानव हस्तक्षेपका कारण हरेक वर्षायाममा बस्तीहरू डुबानमा पर्ने गरेको बताइन् । उनले खुला क्षेत्र र उद्यानहरूको अभावका कारण भूकम्प जस्ता प्राकृतिक विपद्को समयमा सुरक्षित हुने स्थानको अभाव हुने गरेको र बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूका लागि समय व्यतित गर्ने, खेल्ने र मनोरञ्जन गर्ने स्थानको अभाव रहने गरेको बताइन्।

राष्ट्रपति भण्डारीले वातावरण र मानवबीचको सहज सम्बन्ध कायम राख्नेगरी हाम्रा विकासका योजनाहरू तर्जुमा हुनु आवश्यक भएको हुँदा काठमाडौँ उपत्यकामा ढल तथा फोहरमैला व्यवस्थापन गर्न, हरियाली पार्क निर्माण गर्नपर्नेमा जोड दिइन् । साथै, खानेपानी व्यवस्थापन गर्न, सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण र उपयोग गर्नका लागि बनेका नीति, योजना र कार्यक्रमहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सम्बद्ध पक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com