काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आज नेपाल आउन लागेको जनाएको छ ।
दुई दिने भ्रमणमा रहँदा सहायक विदेशमन्त्री लुले नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई अवार्ड फर कर्पोरेट एक्सलेन्स प्रदान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तिकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्ने गरेको दूतावासले जनाएको छ।
सहायक मन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
परराष्ट्र मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री लुले भोलि प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।


















प्रतिक्रिया दिनुहोस्