बैठकमा गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने अध्यक्ष आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन् । केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेद्वार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन् ।
‘माधवजीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔं भन्नुभएछ । त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनें,’ कांग्रेस सभापति किशोरदत्त बराल भन्छन्, ‘धनराज जीले नेताहरुलाई फोन गर्नुभयो । त्यसपछि नोमिनेसन नै गर्दिनँ । हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौं बरु एमालेसँग मिल्छौं भन्नुभयो ।’
कांग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्तिनै जारी गरेर स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्