ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी शाहको शंकास्पद कारोबारको बैंक खाता फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार, शंकास्पद कारोबारमाथि छानबिन नरोकिने


एबीसी / संवाददाता
बैशाख ५, २०७९ सोमबार  ८ : २२ बजे

काठमाडौं, ५ वैशाख । शंकास्पद रुपमा विदेशबाट पैसा नेपाल भित्रिएको देखिएपछि रोक्का रहेको पृथ्वी शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध शाहले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको हो ।

वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवाका लागि शाहले गत साउन १२ मा दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थालेको थियो । साथै राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागलाई पनि शाहका कारोबारको विवरण पठाएर अनुसन्धान गर्न भनेको थियो । त्यसविरुद्ध शाह सर्वोच्च अदालत पुगेका थिए ।

गतवर्षको असार र साउनमा गरी विभिन्न ६ वटा रिट निवेदनमार्फत शाहले सर्वोच्च अदालतमा राष्ट्र बैंकको निर्णयलाई चुनौती दिएकोमा गत वर्षकै साउन २४ मा सर्वोच्च अदालतले पाँच निवेदनमाथि अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । बाँकी एउटामाथि सोमबार सुनुवाइ भएको हो । त्यसमा समेत सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब शाहका खाता र कारोबारमाथि भइरहेको अनुसन्धान नरोकिने भएको छ । सर्वोच्च अदालतले शाहका सबै निवेदनलाई अब पूर्ण सुनुवाइ गर्ने भएको छ ।

शाहले आफ्नो वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालि र अमेरिकामा रहेको ‘मिसन होलिडे एलसीसी कम्पनी’बीच २०७४ कात्तिक २५ मा द्विपक्षीय सहमति गरी अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकलाई उनीहरूको रोजाइको क्षेत्रमा घुमाउने, स्वास्थ्य उपचार बिमा गराउने र नेपाल बसाइका क्रममा लाग्ने अन्य खर्च व्यहोर्ने नाममा रकम भित्र्याएका थिए । ‘मिसन होलिडे एलसीसी कम्पनी’ सँग आफ्ना अन्य पाँच कम्पनीमार्फत पनि यस्तै सम्झौता गरेका थिए ।

वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिका अतिरिक्त, टाइम्स टुडे पिस होलिडे कम्पनी, वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्ट प्रालि, वर्ल्ड फस्ट होलिडे, वर्ल्ड वाइड रेमिटलगायत कम्पनीमार्फत पनि रकम भित्र्याएका थिए । राष्ट्रबैंकले ग्लोबल आईएमई बैंक, प्रभु बैंक, कुमारी बैंकमा रहेका ती कम्पनीका खाता रोक्का राखिदिएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले गरेको शाह, उनका आफन्त–कर्मचारी र कम्पनीले गरेको कारोबार शंकाष्पद देखिएको, राजस्व छली गरेको सम्भावना रहेको तथा रेमिटेन्स ठगी गरी प्राप्त गरेको देखिएको ठहर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com