
काठमाडौं,१४ चैत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रदेश ३ को कमिटीलाई शपथ खुवाउने भएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम छ । दुवै अध्यक्षको उपस्थितिमा कमिटीलाई शपथ खुवाउने कार्यक्रम तय भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित नहुने भएको छ ।
प्रचण्ड आज मात्र पत्नी सीता दाहालको उपचारपछि अमेरिकाबाट काठमाडौं फर्किदै हुनुहुन्छ ।नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ ।
आजबाट काठमाडौंमा शुरु बैठकले चार महिने कार्ययोजना पारित गरी गाउँ नेता कार्यकर्तालाई गाउँसम्म पठाउने प्रदेश कमिटी नेकपाले जनाएको छ । प्रदेश कमिटीको पहिलो बैठकमा कमिटीमा ११७ जना सदस्यलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।
अर्का अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किन ढिला हुने भएकाले ओली, महासचिव विष्णु पौडेल र सचिवलाय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले बैठकमा निर्देशन दिनुहुनेछ । बैठकमा चैत १५ देखि असार मसान्तसम्मको कार्ययोजना पेश गरिनेछ । यसक्रममा प्रदेश ३ का १३ वटै जिल्लामा भेला तथा प्रशिक्षण आयोजना हुने र स्थानीय तहका निर्वाचित पदाधिकारीलाई प्रशिक्षण दिइनेछ ।



















प्रतिक्रिया दिनुहोस्