
काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खछ्याङवीच भेटवार्ता सम्पन्न भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेइजिङको तियानमेन स्क्वायरस्थित ग्रेटहल अफ दि पिपुल्समा भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा वान टु वान वार्ता भएको हो । वान टु वान वार्ता लगत्तै नेपाली र चिनिया“ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ । सो वार्तामा १४ वटा सम्झौतामा हस्ताक्षरमा भएको छ । १० बुँदे नयाँ सम्झौता र ४ बुँदे लेटर अफ एक्सचेन्ज भएको हो । सम्झौतामा मानव जनशक्ति आदानप्रदान, दुई देशबीच रेलमार्ग, सुख्खा बन्दरगाह, विद्युत् प्रशारण लाइनलगायत सम्झौता भएको छ । नेपालको विकासका लागि चीनले करिव १७ अर्व रुपयाँ रकम सहयोग गर्ने भएको ।




















प्रतिक्रिया दिनुहोस्