सिंगापुर । नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ निर्वाचित भएका छन् ।
सोसाइटीको शनिवार सम्पन्न १७औं वार्षिक साधारण सभा एवं नयाँ कार्यसमितिको चुनावका क्रममा गुरुङ अध्यक्ष चयन भएका हुन् । यो कार्यसमतिको कार्यकाल २०२६–२०२८ हुनेछ ।
साधारण सभाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको घोषणा गरेको छ, जसको विवरण निम्नानुसार रहेको छ–
· अध्यक्ष – इन्द्र बहादुर गुरुङ
· उपाध्यक्ष – घनश्याम अर्याल
· महासचिव – किपा श्रेष्ठ
· कोषाध्यक्ष – बत्सल कुमार नेम्कुल
· सचिव – शैलेश विक्रम थापा
· निवर्तमान अध्यक्ष – श्री प्रभाकर पराजुली (किरण)
सदस्यहरू–
डा. कृष्ण गोपाल डङ्गोल
डा. रञ्जना आचार्य
मौसमी केसी
विपिन बहादुर खत्री
विनित अग्रवाल
सुनिल शर्मा खराल
रोबर्ट विश्वकर्मा (एनआरएन आईसीसी)
नवगठित कार्यसमितिले सिंगापुरमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र नेपाली कला(संस्कृतिको प्रवर्द्धनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ। यसका साथै, नवनिर्वाचित अध्यक्ष गुरुङले सबैप्रति धन्यवाद ज्ञापन गर्दै सबैको सहकार्यमा समाजलाई थप सशक्त बनाउने विश्वास दिलाएका छन् ।







प्रतिक्रिया दिनुहोस्