ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्काउटमा आबद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान


admin

नुवाकोट, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गर्नुभएको छ ।

ककनी गाउँपालिका–५, ककनीमा बुधबारदेखि शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको आज उद्घाटनका क्रममा नेपाल स्काउटका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफूले पनि स्काउटको सदस्य भएर सामाजिक सेवा पु¥याएको स्मरण गर्दै आर्थिक विकास र समाज रुपान्तरणका लागि सरकारले स्काउटलगायत सामाजिक संस्थासँग साझेदारी गरी अघि बढ्न चाहेको बताउनुभयो ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउटको अन्तर्राष्ट्रिय कुम्भका रुपमा रहेको ज्याम्बोरी सञ्चालन गर्न आवश्यक सहयोगको प्रबिद्धता जनाउनुभयो । “नेपाल सरकारको कार्यक्रम सञ्चालन गर्न युवा मन्त्रालयमार्फत रु दुई करोड सशर्त अनुदान सहयोग आएको छ । यहाँको क्रियाकलापमा त्यसभन्दा बढीसमेत खर्च लाग्ने देखिएकाले त्यसका लागि थप सहयोग गर्न मन्त्रालय तयार छ”, उहाँले भन्नुभयो ।

नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले युवाशक्ति नै देशको मुख्य मेरुदण्ड भएकाले युवा लक्षित कार्यक्रममार्फत देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय गौरवका रुपमा जारी रहेको ज्याम्बोरीलाई लिइएको जानकारी दिनुभयो ।
प्रचारप्रसार संयोजक राजीव खत्रीले तेस्रो ज्याम्बोराी पनि उत्साहका रुपमा समापन हुँदै विश्वसामु सही सन्देश प्रवाह गर्न सक्षम हुने जानकारी दिनुभयो ।

नेपालमा यसअघि प्रथम ज्याम्बोरी कीर्तिपुर र दोस्रो चितवनमा भएको थियो । स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तलाई व्यवहारमा लागू गर्दै शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनामार्फत राष्ट्रका लागि सबल, इमान्दार, अनुशासित, आज्ञाकारी एवं क्रियाशील नागरिक निर्माण गरी तेस्रो ज्याम्बोरी आगामी सोमबार समापन हुनेछ । अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्दै आएको स्काउट नेपालमा विसं २००९ मा स्थापना भएको थियो । यसमा १४ वर्षमाथिका व्यक्ति आबद्ध हुन्छन् । ज्याम्बोरीमा दशभन्दा बढी देश र नेपालका ५० भन्दा बढी जिल्लाका पाँच हजारभन्दा बढी स्काउटमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com