ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुराका २६१ बालबालिका कुपोेषित


admin

डडेल्धुरा, १४ जेठ।  डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो ।

दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको जनाएका छन् भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिनुभयो ।

अमरगढी नगरपालिकाभित्र छवटा स्वास्थ्य संस्थाले काम गरिरहेका छन् । उनीहरुले दिएको मासिक प्रतिवेदनअनुसार २६ जना अर्थात् एक प्रतिशत बालबालिकामा कडा र २३५ अर्थात् १२ प्रतिशत बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको स्वास्थ्य प्रमुख पनेरुले जानकारी गराउनुभयो ।

वर्षौंदेखि सरकारी गैरसरकारी संस्थाले बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि नगरपालिकाभित्र नै कुपोषित बच्चाको तथ्याङ्क सार्वजनिक हुनुले उनीहरुको कार्यमा प्रश्न खडा भएको सर्वसाधारणको बुझाइ छ ।

बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा तीनवटा रङ रहेका हुन्छन् जसमा पहेलो, हरियो र रातो रङले क्रमशः मन्द, सामान्य र कडा कुपोषणका रुपहरु निर्धारण गर्छ ।

कुपोषित बालबालिकाहरु उमेरअनुसार तौल र उचाइ पनि नबढ्ने होचा र पुड्का हुनाका साथै गर्भवती महिलामा रक्तअल्पताका कारणले समेत बालबालिकामा कुपोषणको समस्या देखिने जनाएको छ ।

साथै बच्चा जन्मेको छ महिनासम्म आमाको दूधमात्रै खुवाउनु पर्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराका स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको दूध खान नपाएर पनि धेरै बालबालिका कुपोषित भएका हुन्छन् । बच्चाका लागि अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । एउटा बच्चाले कत्तिमा पनि दुई वर्षसम्म आमाको दूध खान पाउनुपर्ने हुन्छ ।

विभिन्न रोगका कारणले पनि बालबालिका कुपोषित हुने गरेको तथ्याङ्कले जनाएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पनि कुपोषित बच्चाको उपचारका लागि कुपोषण गृह निर्माण गरी उपचारको थालनी गरिएको छ । कुपोषित भएको शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com