ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र धेरै सबल छ, सरकारको ढुकुटी रित्तिएको छैन : पूर्व अर्थमन्त्री डा. महत (भिडियो सहित)


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार   ४ : १९   बजे

काठमाडौं २७, चैत्र ।  पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अहिलेको सरकारले भने जस्तो अर्थतन्त्र निराशाजनक नरहेको बरु सबल हुँदै गएको बताउनुभएको छ ।

एबीसी टेलिभिजनको कार्यक्रम एबीसी वाचमा कुरा गर्दै पूर्व अर्थमन्त्री डा. महतले अहिले अर्थतन्त्र धेरै सुध्रिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “ अर्थमन्त्रीले अर्थतन्त्रका केबल दुर्बल पक्षलाई मात्र उजागर गर्न खोजेको देखियो । श्वेतपत्रमा भनिएको जस्तो अर्थतन्त्र डामाडोल छैन । धेरै सबल छ । सरकारको ढुकुटी पनि रित्तिएको छैन । ढुकुटीमा अझै २ खर्ब ७१ अर्ब रुपैयाँ जम्मा छ ।”
अर्थमन्त्रीले भनेको कुरा पुरै गलत रहेको उहाँको टिप्पणी छ । उहाँले अझ थप्नुभयो, “अर्थतन्त्रमा एक दुई वटा कुरा मात्र दुर्बल छन् जस्तो व्यापार घाटा बढी छ ।

तर सबै कुरा अर्थमन्त्रीले भने जस्तो नराम्रो छैन । हाम्रो अर्थतन्त्रको कमजोर पक्ष भनेको व्यापार घाटा मात्रै हो । यसको जिम्मेवारी सबैले लिनुपर्छ । अहिलेको अर्थतन्त्रलाई अर्थमन्त्रीले गलत ढंगले प्रस्तुत गरेका छन् ।”
उहाँले विदेशी सहायता रकमको आधारमा बढेको भएपनि तुलनात्मक हिसाबले हाम्रो स्रोत साधन बढेको हुँदा विदेशी निर्भरता घट्दै गईरहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सन्दर्भमा उहाँले नेपाल र भारत बीच रेलमार्ग बनाउने भन्ने कुराको कुनै अध्ययन नभएकाले भारतसँग सम्झौता नभएको ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो, “ रेलमार्ग बनाउने कुरा एक किसिमको ईच्छा प्रकट मात्रै हो । नेपालले एक्सप्रेसन अफ ईन्र्टेष्ट आशय मात्र व्यक्त गरेको हो । कुनै अध्ययन नै भएको छैन । कति लगानी लाग्ने हो ? कसरी लगानी जुटाउने हो कुनै सहमति नै भाको छैन । सम्भाव्यता अध्ययन नै भएको छैन ।”

रेलमार्ग बनाउने विषय धेरै पछिको कुरा भएको भन्दै उहाँले तत्काल जनतालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रमहरु ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “एयरपोर्ट सुधारे हुन्छ, काठमाडौंको प्रदूषण हटाए हुन्थ्यो । बाटो घाटो पक्की बनाउन ध्यान दिए हुन्थ्यो । सरकारले सोच राख्नु भन्दा पनि काम गरेर देखाउनु प¥यो । एक वर्ष, दुई वर्ष पाँच वर्षमा के के गर्ने त्यता तिर ध्यान दिनु प¥यो ।”

भारतसँग हवाई मार्ग बारे तुरुन्त सम्झौता गर्न र व्यापार घाटा घटाउने काममा लाग्न उहाँले सरकारलाई सुझाव दिनुभयो । आर्थिक समृद्धिको लागि भाषण नभई काम गरेर देखाउन उहाँको आग्रह छ ।
फरक प्रसंगमा उहाँले निजीकरणले देशलाई फाइदा पुगेको दाबी गर्नुभयो । निजी क्षेत्रले गर्न सक्ने काम सरकारले किन गर्नुप¥यो ? भन्दै प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो, “सरकारले उद्योग चलाउने होईन त्यो काम त निजी क्षेत्रलाई दिए हुन्छ कमसेकम सरकारलाई कर त आउँछ । लगानी बढाउने र उद्योग व्यवसाय गर्ने वातावरण सरकारले तयार गरे पुग्छ ।”
कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतसँग गरिएको कुराकानीका लागि यो भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group