ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरी अस्पतालको ३४ औं बार्षिकोत्सव सम्पन्न


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार  १ : २८ बजे

काठमाडौँ, २७ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नयाँ वार्ड भवन, क्लिनिकल प्याथोलोजी, माइक्रोबायोलोजी एकाई एवं व्लडबैंक तथा पुस्ताकालयको उद्घाटन गर्नुभयो । उहाँले बार्षिक स्मारिका “अस्पताल दपर्ण २०७४” को लोकापर्ण समेत गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले अस्पतालको न्यूरो सर्जरी र नेफ्रोलोजी बिषयका भिजिटिङ्ग कन्सल्टेन्टको रुपमा सेवा प्रदान गर्नुहुने वरिष्ट न्यूरो सर्जन डा. पवन कुमार सुल्तानिया, नेपाल मेडिकल कलेजका प्रा.डा प्रमोद क्षेत्री, अस्पताललाई महत्वपूर्ण योगदान पु¥याउनुहुने पुर्व प्रहरी नायव महानिरीक्षक डा. सुरेन्द्र कुमार श्रेष्ठ र पुर्व प्रहरी वरिष्ठ उपरीक्षक डा. सरोज श्रेष्ठलाईलाई प्रशंसापत्र तथा सशस्त्र प्रहरी गण नं. १ नक्साल र महानगरीय प्रहरी गण महाराजगंजलाई कदरपत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा उहाँले अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने बताउदै स्वास्थ्य सेवा मानवीय सेवा भएकोले यसको महत्व र गरिमालाई बुझी सेवा प्रदान गर्न अस्पतालमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो ।


प्रहरी महानिरीक्षक अर्यालले शारीरिक एवं मानसिक रुपमा सक्रिय प्रहरी कर्मचारीहरु स्वस्थ रहनु आवश्यक रहेकोले अस्पतालको आधुनिकीकरणलाई संगठनले उच्च प्राथमिकतामा राखेको बताउदै नागरिक सेवामा अहोरात्र खटिने प्रहरी कर्मचारीको लागि कल्याणकारी सेवा महत्वपूर्ण हुनाले अस्पतालको विकास र बिस्तारका लागि प्रहरी कल्याणकोषबाट बार्षिक रुपमा नियमित अनुदान प्रदान गरिदै आएको समेत बताउनुभयो ।

उहाँले अस्पतालको सेवालाई बिस्तार गर्ने क्रममा यसैबर्षबाट सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गरिएको चर्चा गर्दै नेपाल प्रहरी अस्पताललाई नागरिकको रोजाईको अस्पताल बनाउने ध्येयका साथ सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, अच्युत कृष्ण खरेल, धु्रव बहादुर प्रधान, प्रदिप शम्सेर जवरा, हेमबहादुर गुरुङ, कुबेर सिंह राना र उपेन्द्र कान्त अर्यालले नेपाल प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई संयुक्त रुपमा नगद पुरस्कार सहित कदरपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com