ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीदको योगदानको उच्च कदर हुनुपर्ने – उपसभामुख


एबीसी न्यूज
चैत्र २६, २०७४ सोमबार   ५ : १४   बजे
पोखरा, २६ चैत । प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताउनुभएको छ ।

आज महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उहाँले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले शहीदको योगदानलाई उच्च सम्मान गर्दै शहीदले देखाएको बाटो अंगाली समृद्धि र विकासका लागि लाग्नुपर्नेमा उहाँको जोड थियो ।

प्रदेशसभा सदस्य कृष्ण थापाले शहीदका बलिदानका जगमा भएका परिवर्तनका उपलब्धिलाई संस्थागत गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले परिवर्तनका उपलब्धिलाई जोगाएर यसको सफल कार्यान्वयन गरे मात्र शहीदका सपनाले मूर्तता पाउने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज राजकाजी गुरुङले मुलुकमा रोजगारी सिर्जना गरी नागरिकलाई आत्मनिर्भर बनाउन सके शहीदको सपनाले सार्थकता पाउने बताउनुभयो ।

स्व दाहालको १३ औँ स्मृति दिवसका अवसरमा शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा संस्थाका सल्लाहकार विश्वप्रकाश लामिछानेले पोखरा लेखनाथ महानगरपालिका–१८ मा भीमसेन दाहालको स्मृतिमा शहीद पार्क निर्माणका लागि छुट्याइएको जग्गामा प्रदेशस्तरीय पार्क निर्माण गरिनुपर्ने बताउनुभयो ।

स्व दाहालको २०६२ साल चैत २६ गते आजैका दिन जुलुशमा सहभागी हुँदा तत्कालीन राज्यपक्षबाट चलाइएको गोली लागि निधन भएको थियो । (तस्वीर उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group