ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’


एबीसी न्यूज
बैशाख ५, २०८३ शनिबार  ११ : २६ बजे

काठमाडौं, ५ वैशाख । चिनियाँ दूतावासले नेपालका जेनजी युवाहरुलाई लक्षित गरी युवा अग्रणी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सी.एन.वाई.पी)’ भनिने यस कार्यक्रमको उद्देश्य नेतृत्व विकास, सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच आपसी समझदारी तथा सहकार्य सुदृढ गर्नु हो ।काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा सहभागी गराइनेछ । साथै छनोट भएका युवालाई चीन भ्रमणको अवसर पनि प्रदान गरिने छ ।दूतावासले यो कार्यक्रमले नेपालमा ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ । सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा सहभागी हुन २२ देखि ३४ वर्ष उमेर समूहको हुनुपर्ने दूतावासले जनाएको छ । इच्छुक नेपाली युवा पेशाकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन फारम अंग्रेजीमा भरेर इमेल ठेगाना अलथउलभउब२िज्ञटघ।अयm मा पठाउन दूतावासले भनेको छ । आवेदन बुझाउने अन्तिम मिति सन् २०२६ को मे १७ तारिक ९२०८३ जेठ ३ गते०सम्म तोकिएको छ ।

दूतावासका अनुसार आवेदनहरू कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकता आधारमा मूल्यांकन गरिनेछ र अन्तिममा १० देखि २० जना उम्मेदवार छनोट गरिनेछ ।छनोट भएकाहरू एक वर्षसम्म कार्यक्रमका विभिन्न तालिम, गतिविधि र नेटवर्किङ कार्यक्रमहरूमा संलग्न हुनेछन् । कार्यक्रम सम्पन्न भएपछि उनीहरू पूर्व–सदस्य सञ्जाल (अल्मुनाइ)मा आवद्ध हुनेछन्, जसले निरन्तर अवसर र सहकार्यका माध्यम उपलब्ध गराउने बताइएको छ ।

कार्यक्रमले समुदायमा आधारित परियोजना सञ्चालनमा समेत सहभागीलाई प्रोत्साहन गर्ने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले यो पहलले नेपालका युवामा नेतृत्व क्षमता विकाससँगै दिगो सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।

अमेरिकाले पनि नेपाली युवा लक्षित कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । विश्लेषकहरूका अनुसार चीन र अमेरिकाजस्ता ठूला शक्ति राष्ट्रहरूले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरू केवल शैक्षिक वा नेतृत्व विकासमा सीमित नभई ‘सफ्ट पावर कूटनीति’का महत्वपूर्ण हिस्सा हुन् ।

नेपालजस्ता देशमा यस्ता कार्यक्रमहरूले युवाबीच अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, अनुभव आदान–प्रदान र नीति–सम्बन्धी क्षमता विकासमा योगदान पुर्‍याउने भए पनि यसको दीर्घकालीन कूटनीतिक प्रभावबारे बहस पनि हुँदै आएको छ ।
सी.एन.वाई.पी. कार्यक्रमसँगै अमेरिकी नेतृत्व विकास कार्यक्रमहरूको तुलना गर्दा दुवै देशले नेपालका युवा जनशक्तिमा पहुँच विस्तार गर्न प्रतिस्पर्धात्मक रूपमा एक्सचेन्ज कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com