काठमाडौ , बैशाख ४ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि पन्तले बालेन सरकार महेन्द्र पथमा नगएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा बालेन सरकारको बोल्ड निर्णय सान्र्दभिक र प्रक्रियागत नै भएको सांसद पन्तले बताए । पूर्वपश्चिम लोकमार्ग ऐतिहासिक मार्ग भएको हुदा बालेन सरकार सहि दिशा तर्फ उन्मुख भएको उनको भनाई छ । ईतिहासको सम्मान गर्दै पुर्व पश्चिम राजमार्गलाई पुन ः महेन्द्र राजमार्ग नामकरण गर्ने सरकारको कदम सान्र्दभिक भएको उनको तर्क छ । राजा महेन्द्रले सन् १९६० को दशकमा सुरु गरेको र नेपाली श्रमबाट बनेको यो ऐतिहासिक सम्पदाको पुनः नामकरण स्वागत योग्य रहेको सांसद पन्तले बताए । सरकारले बनाएको संम्पति छानविन आयोग कार्यान्वयनमा आउने पनि उनको भनाई छ । आयोगले मुलुकको सुशासनको पाटोमा दख्खल भएर काम गर्ने उनले बताए । सरकारले सार्वजनिक गरेको आर्थिक क्रान्तिका लागि १८ बुँदे प्रतिज्ञापत्र अर्थतन्त्रको रोडम्याप भएको उनको भनाई छ । मुलुकको अर्थतन्त्र चलाएमान बनाउन तथा जनतालाई आय आर्जनसंग जोड्न यस्ता कार्यक्रम परिणाम मुखी हुने सांसद पन्तले कार्यक्रममा बताए ।




















प्रतिक्रिया दिनुहोस्