काठमाडौ , बैशाख २ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपाका ) महामन्त्री डा. धवलशमशेर राणाले महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वलाई ’अल्टिमेटम दिएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने पार्टी अध्यक्ष लिङ्देनलाई एक साताभित्र नयाँ महाधिवेशनको मिति घोषणा गर्न ’अल्टिमेटम’ दिएका छौ । एक साताभित्र महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरिए पार्टीभित्र थप संघर्षका कार्यक्रम अघि बढाउने उनले बताए । गत फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजा उत्साहजनक नआएको र नेतृत्वले त्यसको नैतिक जिम्मेवारी नलिएको भन्दै नेतृत्व परिवर्तनको एजेन्डा अघि सारेको उनको भनाई छ । अध्यक्ष लिङ्देनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व चयनको विकल्प नरहेको उल्लेख छ । चुनावी नतिजा र नेतृत्वमाथि प्रश्न निर्वाचनअघि अध्यक्ष लिङ्देनले ’राप्रपालाई देशको पहिलो शक्ति बनाउने’ दाबी गरे पनि नतिजा अकल्पनीय र नकारात्मक आएको राणले बताए । ’शर्मनाक नतिजा हात लागेको डेढ महिना पुग्न लाग्दा पनि नेतृत्वले हारको समीक्षा गर्ने वा नैतिक जिम्मेवारी लिने तत्परता नदेखाएको उनको भनाई छ । कार्यक्रममा उनले भने उपसभामुखको निर्वाचनमा पार्टीले लिएको निर्णयलाई लिएर पनि प्रश्न उठाएको छौ । केन्द्रीय कार्यसमितिमा पर्याप्त छलफल नै नगरी उम्मेदवारी दिने र फिर्ता लिने जस्ता प्रक्रिया अघि बढाउँदा पार्टीको प्रजातान्त्रिक पद्धति मिचिएको उनीको दाबी छ। पार्टीलाई थप क्षति हुनबाट जोगाउनको लागि एक मात्र विकल्प महाधिवेशन भएको उनको तर्क छ ।





















प्रतिक्रिया दिनुहोस्