काठमाडौं । मध्यपूर्वमा एक महिनाभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिका र इरानबीचको शान्ति वार्ता शनिबार पाकिस्तानमा सुरु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। दुवै देशका वार्ताकारहरूले युद्ध अन्त्य गर्ने सहमति खोज्ने उद्देश्यसहित संवाद अघि बढाएका हुन्।
तर वार्ताको औपचारिक स्वरूप भने अझै स्पष्ट नभएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स ले इरानी अधिकारीहरूसँग प्रत्यक्ष भेट गरेका हुन् वा होइनन् भन्नेबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।
यदि दुवै पक्षबीच प्रत्यक्ष भेटवार्ता भएको पुष्टि भए, यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीचको सबैभन्दा उच्चस्तरीय प्रत्यक्ष राजनीतिक संवाद हुने छ। त्यही क्रान्तिपछि दुवै देशबीच दशकौँ लामो वैमनस्यता सुरु भएको थियो।
वार्तालाई क्षेत्रीय तनाव कम गर्ने र दीर्घकालीन युद्ध अन्त्य गर्ने निर्णायक प्रयासका रूपमा हेरिएको छ। तर प्रारम्भिक चरणमै रहेको कारण परिणामबारे अनिश्चितता कायमै छ।








प्रतिक्रिया दिनुहोस्