ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वविद्यार्थीहरुबाट साढे ३१ लाखमा आइसीटी भवन निर्माण


admin

स्याङ्जा, २४ माघ । फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयका लागि बिदेशमा कार्यरत भूतपूर्व विद्यार्थीहरूले व्यक्तिगत सहयोगमा दुई कोठे आइसीटी भवन बनाई हस्तान्तरण गरेका छन् ।

कूल ३१ लाख ४३ हजार ४७० रुपैयाँ लागतको सो भवन उनीहरूले विद्यालयको ४३औं वार्षिकोत्सवको अवसर पारेर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । भूपू विद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्की र प्रध्यानाध्यापक मनोजकुमार शर्मालाई हस्तान्तरण गरे ।

बिदेशमा कार्यरत विभिन्न मुलुकबाट आइसीटी संयोजक तथा प्रतिनिधिहरु स्कुलको वार्षिकोत्सवमा सहभागी भएका थिए । हङकङ, मकाउ, अमेरिका, बेलायत, युएइ, युरोपबाट आइसीटी भवन निर्माणका लागि १०० भन्दा बढी पूर्वविद्यार्थीहरुले आर्थिक सहयोग गरेका थिए ।

जिल्ला समन्वय समिति स्याङ्जाका अध्यक्ष सीता सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आइसीटी भवन निर्माण समितिका अर्थ संयोजक पूर्वबिद्यार्थी प्रेम गुरुङले आइसीटी भवनबाट बिद्यार्थी भाइबहिनीहरुले धेरै फाइदा लिन सकोस भन्नुभयो ।

२०३१ सालदेखि सञ्चालनमा आएको उक्त विद्यालयका लागि बनाइएको दुई कोठे नयाँ भवन सूचना प्रविधिको कक्षाका लागि भएको भूपू विद्यार्थी तथा हङकङका संयोजक आइबहादुर गुरुङले बताए ।

विद्यालयमा हाल ३ सय २२ जना छात्रा र २ सय २८ जना छात्र छन् । संस्थापक प्रधानाध्यापक यामबहादुर रानाभाटले एक लाखको अमृत आईसीटी अक्षयकोष पनि स्थापना गरेका छन् । सो अबसरमा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com