ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन सूचना केन्द्र स्थापना


एबीसी न्यूज
माघ १५, २०७४ सोमबार   ८ : ५३   बजे

 

रत्ननगर, चितवन, १५ माघ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिकाको करिब रु सात लाखको लागतमा सूचना केन्द्र स्थापना भएकाले अब यहाँ आउने पर्यटकले पर्यटन क्षेत्रका गतिविधिबारे आवश्यक जानकारी लिन सक्नेछन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सूचना केन्द्रले पर्यटन विकासमा सहयोग पु¥याउने भन्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने योजना महानगरको रहेको बताउनुभयो । भरतपुर–२२ का अध्यक्ष विष्णुराज महत्तोले पटिहानी आकर्षक पर्यटकीय क्षेत्र भएको उल्लेख गर्नुभयो ।

हालै मात्र चितवनको पर्यटकीय नगरी सौराहालाई जोड्ने गरी यहाँ जिप सफारीसमेत शुरु भएको छ । स्थानीय थारूको मौलिक संस्कृतिका साथै यहाँ आकर्षक र मनोरम क्षेत्र छितामाई रहेको छ ।

बाघ, गैँडा, हात्ती, गोही, चित्तल तथा गोहीको राम्रो बासस्थान रहेको सो क्षेत्र नजिकै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा पर्छ । गोही प्रजनन केन्द्र समेत नजिकै रहेको र राप्ती नदी रहेकाले यो क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकको सहजतामा थप टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुहुन्छ पटिहानीको वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरे । ती सबै जानकारी केन्द्रमा पाइनेछ ।

पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो ।

चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको पर्यटन सूचना केन्द्रमा जंगली जनावर तथा यहाँको स्थानीय संस्कृतिबारे जानकारीमूलक ब्रोसरसमेत बनाइएको छ । आउने पर्यटकका लागि सेवा दिन निःशुल्क वाइफाईसहित कम्प्युटर, प्रोजेक्टर तथा आवश्यक सामग्री व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group