आङ्देम्बेको सम्बोधनले किन हल्लायो संसद् ? काठमाडौं — प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दिएको लामो र आक्रामक सम्बोधन केवल प्रतिपक्षी भाषण थिएन, त्यो वर्तमान सरकारको शासनशैलीमाथि गरिएको बहुआयामिक राजनीतिक अभियोग थियो। सरकार गठन भएको करिब डेढ महिनामै कांग्रेसले प्रयोग ...