कविराज वि.सी. । शुक्रबार बिहानको सिमसिमे पानीमा बल्खुको सुकुमबासी बस्ती डोजरको गर्जनले थरथराइरहेको थियो। टहराहरू गर्ल्यामगुर्लुम ढल्दै थिए। भागदौड, चिच्याहट र धुलोको बादलले बस्ती ढाकिएको थियो। त्यही बेला, नजिकै बागमती–बल्खु दोभानमा एउटा कालो वस्तु पानीमा तैरिरहेको देखियो। सुरुमा स्थानीयले फोहोरको थुप्रो ठाने। तर जब त्यो ...