काठमाडौं, २७ भदौ । पटक–पटक आलोचित हुँदै आएको मूलधारका भारतीय मिडियाको शैलीप्रति फेरि एक पटक प्रश्न उठेको छ । केही महिनायता अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बहुसङ्ख्यक मिडियाले यही विषयलाई हेडलाइन बनाएका छन् । मिडियाको यही रवैयाप्रति फेरि एक पटक खुलेर आलोचना भएको हो । ...