ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमजनतालाई कोरानासँगै बाँच्न सिकाऊ


एबीसी न्यूज

कोभिड–१९को महामारी र संक्रमणबारे थोरै मात्र जानकारहरु पनि अहिले अन्योलमा छन्– पछिल्लो तीन साता निषेधज्ञाको नामा किन लकडाउन गरियो र किन फेरि खोलियो भनेर । काठमाडौं उपत्यकाका हरेकजसो टोलमा दोहोरो अंकमा संक्रमित भेटिन थालेपछि नियन्त्रण र रोकथामका लागि भदौ ३ देखि एक साताको दरले तीन पटकसम्म थपिएको निषेधाज्ञाको अवधिमा न त परीक्षणको दायरा नै बढाइयो, न प्रभावकारी कन्ट्याक्ट टे«सिङ नै भयो ।

विभिन्न सरकारी अस्पतालमै कार्यरत जनस्वास्थ्यविद्हरुले काठमाडौ उपत्यकामा संक्रमण समुदायस्तरमै फैलिएको जिकिर गर्दैै तत्कालै समूहगत रुपमा सेरोलोजिकल र पुल टेस्टिङ गरेर संक्रमणको अवस्था पत्ता लगाउन सुझाव दिए । तर स्वास्थ्य मन्त्रालयभित्र हालिमुहाली जमाएर बसेको कर्मचारी र राजनीतिक नेतृत्वले विज्ञहरुको सुझावप्रति कुनै संवेदनशीलता देखाउन सकेन । बरु उल्टै प्रधानमन्त्रीबाट दिनको २२/२३ हजार परीक्षण भइरहको भन्दै आसन्न भयावह अवस्थाको सम्भावनालाई छोप्ने काम गर्न लागइयो । ‘महामारी नियन्त्रणमा सरकार सफल’ रहेको देखाउन गरिएका यस प्रकारका भद्दा पटाक्षेप निन्दनीय छन् । यो जनताको स्वास्थ्यप्रतिको खेलबाड हो ।

विगत तीन सातायता काठमाडौं उपत्यकामा सरदर दैनिक ३ सय भन्दाबढी संक्रमित देखापरेका छन् । संक्रमणको यही रफ्तारलाई मान्ने हो भने पनि लकडाउन अवधिमा उपत्यकामा मात्रै करीव ५० हजार कन्ट्रयाक्ट ट्रेसिङ तत्काल गरिनुपर्दथ्यो । तर दैनिक रुपमा खटाइखटाई एकाध हजार कन्ट्याक्ट ट्रेसिङ गरिंदा समुदायमा थप संक्रमण बढ्न मलजल पुगेको छ ।

निषेधाज्ञा खुकुलो पारेपछि यो संख्या अझै बढ्न पनि सक्छ । महामारीको अहिलेसम्मको विश्वव्यापी प्रवृत्ति हेर्दा सामान्य त ८० प्रतिशत विरामी आफैं ठीक हुन्छन् । बाँकी २० प्रतिशतलाई कुनै न कुनै रुपको चिकित्सकीय सेवा आवश्यक पर्छ । ५ प्रतिशतलाई त आइसीयू या भेन्टीलेटरको जरुरत नै पर्ने देखिन्छ । ३ सयका दरले मात्र हिसाव गर्दा पनि दैनिक सरदर १५ जनालाई आइसियू वा भेन्टिलेटर सेवा दिन विद्यमान संरचनाले कसै गरे पनि धान्दैन । लकडाउनको अवधिमा थप आइसोलेशन वेड, आइसीयू र भेन्टिलेटर व्यवस्थापन गर्न र ती कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई तालीम दिन सकिन्थो ।

महँगो भेन्टिलेर संचालन जनशक्तिको चाप कम गर्न पर्याप्त अक्सिजनको उपलब्धताका लागि स्वदेशमै प्लान्ट स्थापना गर्ने र प्रमुख कोभिड अस्पतालका प्रत्येक आइसीयू वेडमा पाइपमार्फत् वितरण गर्ने प्रवन्ध गर्न सकिन्थो । उपत्यकामा समुदायस्तरमा संक्रमण विस्तार हुन थालेसँगै विज्ञहरुले यसप्रकारको व्यवस्था गर्न सुझाव पनि दिएका हुन् ।

तर स्वास्थ्य मन्त्रालय यसप्रकारको दिगो समाधानको उपाय खोज्नभन्दा आन्तरिक ठेक्कापट्टाको मोलमोलाइमै व्यस्त हुन थालेको नांगै देखियो । यसखाले गैरजिम्मेवार शैलीमा तत्काल सुधार नल्याए स्थिति नियन्त्रण बाहिर जान सक्छ भन्ने कुरा प्रधानमन्त्रीकै तहबाट सोचिनु पर्दछ, विदा गर्नु पर्ने मन्त्रीका भरमा जनतालाई अरु बढी सास्ती दिन मिल्दैन ।

त्यसो त तीन साता लामो निषेधाज्ञा खुकुलो गर्नुको विकल्प पनि थिएन । आम मानिसको आजिविकादेखि मुलुकको अर्थतन्त्र चौपट भैसेकेको अवस्थामा पर्याप्त स्वास्थ्य सचेतनतासहित न्यूनतम आर्थिक गतिविधि चलायमान बनाउन आवश्यक थियो । यस अर्थमा निषेधाज्ञा खोल्ने निर्णय सही भए पनि निषेधाज्ञापछिको तुलनात्मक खुलापनलाई व्यवस्थापन गर्ने सवालमा भने सरकार पुनः चुकेको छ ।

विश्वका कतिपय मुलुकले अहिले कोरोनासँग मिलेर बाँचौ भन्ने आधारमा पर्याप्त स्वास्थ्य सचेतनासहित आर्थिक गतिविधिलाई चलायमान गरिसकेका छन् । आमजनतालाई महामारीको जोखिमबाट बच्न अपनाउनुपर्ने न्यूनतम स्वास्थ्य सचेतना र स्यानिटाईजर वा सावुन पानीको उपलब्धताको सुनिश्चितता गर्ने कामका लागि सरकारको अहं भूमिका हुन्छ । त्यसमाथि आम मानिसलाई चेतना दिनका लागि सबै प्रकारका सञ्चारका साधनको उपयोग र समन्वय भन्दा बढी मन्त्रीको ध्यान जनचेतनाका नाममा किर्ते विल खोजीमा लागि परेको घटनाले नेकपालाई नै लज्जित बनाएको हुनु पर्दछ ।

निषेधाज्ञा खुकुलो पार्न अहिले नेपालले अवलम्वन गरेको पाकिस्तानी मोडेलकै राम्रोसँग अध्ययन गरेको भए सरकार यस्तो रनभुल्लमा पर्नुपर्ने थिएन । भौतिक दूरी र लकडाउन अस्वीकार गर्ने कट्र मुश्लिम समुदायको बाहुल्य रहेको पाकिस्तानले त्यति ठूलो जनसंख्या र त्यहाँका प्रमुख चाडपर्वबीच पनि संक्रमण दर घटाउन, निको हुने दर बढाउन र मृत्युदरलाई न्यून बनाउन के उपक्रम ग¥यो रु कसरी चीन, जसले कोभिड–१९ विरुद्धको लडाइ सहजतापूर्वक जित्यो, कसको सहयोग पाकिस्तानले लिन सक्यो ? त्यो कुरा मनन गरेको भए पुग्थ्यो । तर हामीले चिनियाँ पक्षबाट पटकपटक औपचारिक रुपमै सहयोगको सदाशयता व्यक्त हुदाँ पनि किन सहयोग लिन सकेनौं वा लिएनांै ? स्वास्थ्य मन्त्रालय र सरकार स्वयंले यो प्रश्नको उत्तर दिन जरुरी छ ।

दिनको एकपटक प्रत्यक्ष अपडेटको नाममा करोडांै रुपैयाँको बजेट सिध्याएर मात्र आमजनतामा स्वास्थ्य सचेतना पुग्न सक्दैन । अभैm पनि सरकारको साख बचाउने मौका छ । झिनामसिना खेलोफड्को छाडेर सबै सरोकारवालाको सहभागितामा आमजनतालाई कोरोनासँग बाँच्न सिकाऊँ । त्यसका लागि बहालवाला स्वास्थ्य मन्त्रीको विदाई र विज्ञ र जनपक्षीय मन्त्रीको आवश्यकता टड्कारो बन्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com