ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले औषधि विज्ञानको कुरा गर्दा कतिपय मान्छेलाई चित्त दुख्छ – प्रधानमन्त्री


abc

 

प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओली

आयुर्वेद र यसको महत्व, इतिहास र प्राथमिकताका बारेमा केही भनिरहन पर्दैन । योगको सुरुवातकर्ता ‘शिव’बाट शैव दर्शन अथवा शाङ्ख्य दर्शनबाट योगको सुरुवात गर्ने कपिलमुनि अथवा अरू वैैदिक समयका कुरा गरौँ– उसैबेलादेखि हाम्रो विश्वमा गर्वलायककोे परम्परा रह्यो । औषधि विज्ञानको प्रादूर्भाव यसै भूभागमा भयो । त्यतिबेला रासायनिक विधिबाट औषधि निर्माण र उपचार गर्ने विधि थिएन । जडीबुटीबाट औषधि निर्माण गर्ने विधि थियो ।

वास्तवमा रासायनिक विधिबाट बनाइने औषधिको अनिवार्य रूपमा ‘साइड इफेक्ट’ हुन्छ । प्रकृतिले सबै कुरा बनाएको हुन्छ । के खान हुने, के खान नहुने, के कति खायो भने कसो हुने, के कति खायो भने के हुन्छ रु मौसम, अवस्था आदि अनेक कारणले विभिन्न स्वास्थ्य स्थिति उत्पन्न हुन सक्छन्् । कुन स्वास्थ्य स्थितिमा कुन चाहिँ प्राकृतिक उपजले निको पार्छ रु ढुङ्गाबाट निस्किएको सिलाजितले होस् कि माटोको एउटा रूपमा आएको सिम्रिकले होस् अथवा झारपातका रूपमा आएका विभिन्न जडीबुटीले होस्– माटो, ढुङ्गा सबैमा औषधीय गुण छ । कस्तो माटोको के, कहाँ माटोको लेप लगाउनेदेखि जडीबुटीमा अर्थ छ । माला, चन्दनमा अर्थ छन् ।

इतिहास, इतिहासका मर्महरू वा हामीले हाम्रो प्रकृतिलाई नबुझीकन अथवा त्यो प्रकृतिलाई हाम्रा पूर्वजहरूले कसरी चिनेका– प्रयोेग गरेका थिए रु त्यसको परख गर्न नसक्नु हाम्रो कमजोरी हो । हाम्रा पुर्खाहरू यस्ता इनोभेटिभ (नवप्रवर्तक) थिए जसले नचाखेको कुनै रूख बिरुवाको जरा, पात, बोक्रा, पूmल, फल पनि छैन । यसैकारण रस, गन्थ, स्वाद, गुण, पाकमा केके हुन्छ भन्ने प्रयोग गरेका छन् । धन्वन्तरी, चरक संहिता, अश्विनीकुमार अथवा पतञ्जलि जे सम्झनुहोस्– हजारौँ वर्षको एउटा औषधि विज्ञानको आफ्नो परम्परारही आयो ।

एउटा मात्र हाम्रो कमी थियो । त्यसलाई आयुर्वेदमा अभाव भन्न मिल्दैन । ‘मेसिन’ एलोपेथिक होइन, मेसिन मानवनिर्मित यन्त्र वस्तु हो, चाहे एलोपेथिक वा आयुर्वेदले प्रयोग गरोस् । त्यसकारण हामीले प्रयोग/परीक्षणका लागि मेसिनको प्रयोग गर्नु आयातीत होइन, विकसित वस्तु हो । प्रयोगशाला (ल्याब­­) हरू विकसित हुन् । जसले प्रयोग गरेर अनुभव हासिल गर्छ, त्यही हो विधि । एलोपेथिकबाट वा ल्याबबाट सापटी लिएको भन्ने कुरा गर्ने होइन ।

आयुर्वेदलाई यो खलको समस्या भनेर भन्ने थियो नि । त्यो खल आधारित होइन । त्यसभन्दा माथि उठाउनुपर्छ हामीले । अब हामीले खलमा पिसेर होइन कि त्यसभन्दा माथि उठाउनुपर्छ । खल त गाउँघरमा प्रयोग गर्छन् । हाम्रा अस्पताल खलभन्दा माथि उठ्नुप¥यो । विधि माथि उठ्नुप¥यो । यसका लागि मेसिनहरू सबै एलोपेथिक रूपमा होइन भन्ने थाहा पाउनुप¥यो । मेसिन आयुर्वेदले पनि प्रयोग गर्न सक्छ, अरूले पनि प्रयोग गर्न सक्छन् ।

कसरी हामी मेडिसिन उत्पादन गर्न सक्छौँ, कसरी हामी मेडिसिन प्राप्त गर्न सक्छौँ भन्ने कुरा मात्रै हो त्यो । मेसिन आयुर्वेदले पनि प्रयोग गर्न सक्छ, अरूले पनि प्रयोग गर्न सक्छन् । मेडिसिन (औषधि)को विधि मात्रै एलोपेथिक, आयुर्वेदिक हो । मेडिसिन उत्पादन गर्ने विधि अलग कुरा हो । कसरी हामी मेडिसिन उत्पादन गर्न सक्छौँ, कसरी हामी मेडिसिन प्राप्त गर्न सक्छौँ भन्ने कुरा मात्रै हो त्यो । प्राकृतिक हिसाबले प्राप्त गर्छौं भने आयुर्वेदिक हो । आर्टिफिसयल (कृत्रिम) ढङ्गले उत्पादन गर्छौं भने एलोपेथिक हो । त्यो मात्रै फरक हो अरू मेसिन, औजार, ल्याब, इक्युपमेन्ट, एक्सरे सबै कुरा एलोपेथिक होइनन् ।

यो आयुर्वेदिक भनेको प्रयोगशाला नभएको, ‘एक्स रे’ नभएको भन्ने गरिन्छ । एक्स रे भन्ने चाहिँ कहाँ एलोपेथिक हो त ? रासायनिक विधिबाट निर्माण गरिएको औषधिलाई हामी एलोपेथिक भन्छौँ । तर यो त आयुर्वेदभन्दा पृथक्, आयुर्वेद विरोधी, आयुर्वेदसँग नमिल्ने कुरा त होइन । त्यसकारण यसलाई हामीले समायोजन गर्नुछ ।

ऋषिमुनिहरू यसका प्रयोगकर्ता हुन् । तिनीहरूकोे उद्गमस्थल हे¥यो भने कोसी, कालीगण्डकीका किनारतिरैका आसपासका छन् । आयुर्वेदमा हामीले ठूलो विकास गरेका थियौँ । दुर्भाग्यवश, अनेक कुरामा हामी केही शताब्दी पछाडि प¥यौँ । यसलाई हामीले समयानुकूल विकास गर्नुछ । अझ बढी प्रयोग, परीक्षण, अनुसन्धान, थप पहिचान, जडीबुटीको संरक्षण, उत्पादन, सङ्कलन, प्रशोधन गर्न जरुरी छ । आयुर्वेदिक औषधिलाई हामीले ट्याब्लेट, क्याप्सुल बनाउन नहुने भन्ने छैन । निश्चित मात्रा मिलाउँदा त्यो झन् ‘ओरिजनल’ औषधि हो– प्रकृतिबाट उत्पन्न भएको शरीरसँग मिल्ने ।

हामीले अहिले स्वास्थ्यसम्बन्धी नीतिलाई दुई भागमा बाँडेका छौँ । मूल नीति ‘निरोगी नेपाल’ हो । निरोगी नेपाल आयुर्वेदले निर्माण गर्छ ।
रोग लागिहाल्यो, बिरामी भइयो भने उपचार गर्ने आयुर्वेद, होमियोप्याथी वा युनानी वा प्राकृतिक विभिन्न चिकित्सा प्रणाली छन् ।
आयुर्वेद महìवपूर्ण छ । हाम्रो नियमित खानपिन औषधिमय छ । हाम्रा पूर्वजले अनुभवजन्य प्रयोग सिकाएका छन्– जिराले ज्वरो आउन दिँदैन । बेसारले रोगको ‘एन्टिबायोटिक’को काम गर्छ ।

त्यसले आरोग्यता, निरोगिताको विकास गर्छ । बारीबाट फर्सीकोे मुन्टा, रायोको साग टिपेर ल्याउने, दाल, भात, अचार खाने हो । ‘फ्रिज’मा राखेर खाने हाम्रो परम्परा होइन । बासी खानुहुँदैन भन्ने हाम्रो परम्परा हो ।यसैले निरोगी नेपाल बनाउने कुरामा आयुर्वेद विधाको असाधारण महत्व छ ।

निरोगी नेपाल कसरी निर्माण गर्ने त ?

भविष्यमा पनि भाइरस आउन सक्छन् । हामीले निरोगी नेपाल, स्वस्थ नागरिक कसरी बनाउने ? प्रतिरोधी क्षमता ज्यादै बलियो भएका नागरिक कसरी बनाउने ? यसै पनि नेपालीसँग प्रतिरोधी क्षमता राम्रो छ, दह्रो छ । हामी लसुन, प्याज, अदुवा, मरिच, बेसार, टिमुर खाने गर्छौं, जसले शरीरलाई प्रतिरोधी क्षमता दिने, औषधि दिने, औषधीय गुणको काम गर्छ ।

मैले औषधि विज्ञानको कुरा गर्दा कतिपय मान्छेलाई चित्त दुख्छ । आयुर्वेदको प्रचार ग¥यो, बेसार, अदुवाको प्रचार ग¥यो।।। बेसार खाएर हुन्थ्यो भनेदेखि किन केही गर्नुपथ्र्यो ? भन्छन् । भोलि तिनले भात, रोटी खाएर हुन्थ्यो भने किन औैषधि खानुपथ्र्यो भन्नबेर लगाउँदैनन् ।

अहिले मलाई भुटेको मकै र भटमास खायो भने दाँत त्यसैसँग जाला कि भन्ने पीर हुन्छ । हाम्री हजुरआमाले नीमको डाँठले बिहानबेलुका दुई पटक ब्रस (दाँत माझ्ने) गर्नुहुन्थ्यो । नीमको डाँठले ब्रस ग¥यो भने सम्भवतः अरू कुनै औषधिले भन्दा बलिया दाँत हुन्छन् होला । हजुरआमा एकपटक पनि डाक्टरकहाँ जानुभएन । अलिकति ज्वरो आयो भने जिरापानी, टिम्मुरपानी केही उमालेर खानुहुन्थ्यो । यसले निको हुन्थ्योे ।
आफ्नै अनुभव घरेलु औषधिमा मान्छेलाई विश्वास नभएको देख्दा मलाई छक्क लाग्छ ।

आफ्नै अनुभव

म आफैँलाई एक हप्ता रुघा लाग्थ्यो । अनि ‘एन्टिबायोटिक’ नखाईकन निको हुँदैनथ्यो । सात दिन खायो अनि निको हुन्थ्यो । फेरि सात दिनपछि
फेरि रुघा..

म गाउँमा जाँँदा एक जनाले भने– तपाईंको यो ‘एलर्जिक’ रुघा हो । बिहान, बेलुका दुई पटक, सक्नुहुन्न भने बिहान एक पटक नत्र बेलुका सुत्ने बेलामा धाराबाट पानी हातमा लिने, हल्का रूपमा स्वाट्ट नाक भित्रसम्म पु¥याउने होइन कि हल्का लिने र स्याक्स्याक् गर्ने र फ्याँकिदिने । त्यसो गरेर २०/२५ पटक नाक सफा ग¥यो भने तपाईंलाई रुघा लाग्न छाड्छ ।

होला र ? त्यही पनि गरिहालौँ भनेँ । अहिले रुघा लाग्दैन । त्यो नियमित गर्छु म । अब त्यसो नगर्दा रुघा लाग्छ कि लाग्दैन थाहा छैन । त्यो एलर्जी भागेको ३०औँ वर्ष भयो । त्यस्तो घरेलु साधारण कुरामा स्वास्थ्यका कुरा निर्भर हुँदा रहेछन् । त्यसकारण दीर्घकालीन रूपमा निरोगी नेपाल बनाउन आयुर्वेदको विश्वास, विकास र प्रचार नै मुख्य कुरा हो ।

सम्भावना

उपचार त गर्नैपर्छ । त्यसकारण हामीलाई एलोप्याथिक उपचार प्रणाली पनि चाहिन्छ । खुट्टा भाँचिएला, दुर्घटना होला, प्रसूति सेवाका केस होलान्, सर्जरी गर्नुपर्ला । आयुर्वेदमा सर्जरी विधा छैन । अब अहिले यो कोभिड–१९ मा दुईवटा पक्ष छन् । एउटा आयुर्वेद औषधि यस्तो बेलामा नितान्त प्रयोगात्मक मात्र गर्नुहुँदैन । मान्छे ‘गिनीपिग’ (प्रयोग मुसा) होइन । त्यसलाई प्रभावकारी हुने खालका, त्यसको पृष्ठभूमिमा अहिले प्रयोग गरिएर राम्रो नतिजा दिने प्रयोग गर्नजरुरी छ ।

मैले धेरै ठाउँमा सुनेको छु– थुप्रै कुराको उपचार एलोपेथिकभन्दा बढ्ता आयुर्वेद इफेक्टिभ (प्रभावकारी) छ । मेरो भाइ मृगी रोगले ग्रस्त थियो । दिनमा चार/पाँच पटक हुन थालेको थियो । डाक्टरलाई देखाउँदा, औषधि खुवाउँदा केही गर्दा पनि भएको थिएन । अब अप्रेसन गर्नुपर्छ भन्ने स्टेजमा थियो । अप्रेसन गर्ने मात्र उपाय हो भन्ने थियो । एउटा सामान्य जोगी आइपुग्यो ऊ (भाइ) लडेर फट्याक फट्याक गरिराखेको बेलामा ।

अनि जोगीले भने बमोजिमको औषधि ९बुटी ख्वाउँदा०ले ठीक भयो । त्यस बेलादेखि २०औँ २५औँ वर्ष भयो, अहिलेसम्म एक पटक पनि उसलाई छारे रोग, मृगी भएको छैन । यो कुरा एलोपेथीले गर्न सक्दैन । जुन आयुर्वेदले प्रामाणिक रूपमा हाम्रै अगाडि गरेको छ । ती साधु को थिए रु कहाँबाट आएका थिए रु के औषधि थियो रु त्यो उनले बताएनन् पनि ।

अब हामीले यति बेला दुईवटै काम गर्नुपर्ने छ । एउटा, संस्थागत, संरचनागत रूपमा अथवा विभिन्न ढङ्गले जडीबुटीको खेती, सङ्कलनका रूपमा । दीर्घकालीन रूपमा अस्पतालको निर्माण अथवा यसको शिक्षाको विस्तार गर्ने ।

आयुर्वेद तर्फमा निरोगी राख्ने एउटा जीवन प्रणाली हो– योग । शारीरिक रूपमा तन्दुरुस्त राख्ने प्रणाली । योग जस्तो प्रणाली अरू कुनै विधामा छैन । जुनसुकै व्यायाम सिकाओस् तर स्वाँस्वाँ, फ्याँफ्याँ गर्ने हुन सक्छ तर प्राण नियन्त्रण गरेर नियन्त्रित ढङ्गले लाने प्राणायामको विधि अन्यत्र छैन ।

हामी योगमाया विश्वविद्यालय खोल्दैछौँ यसै सन्दर्भमा । त्यो विश्वका लागि एउटा नमुना हुन सकोस् । त्यसले विश्वको ध्यानाकर्षण मात्रै होइन विश्वलाई त्यस विधि, प्रणालीमा नतमस्तक हुने स्थिति बनोस् । हामी जीवनका संरक्षक हौँ । त्यसकारण आयुर्वेदले त्यो भूमिका खेल्ने, अहिलेको कोभिडमा के गर्ने, कसरी जाने, कसरी त्यस अभियानलाई अगाडि लैजाने र तपाईंहरूले जुन सफलता प्राप्त गर्नुभएको छ त्यसलाई कसरी लाने भन्ने कुरामा ध्यान जानु जरुरी छ ।

यी कुरा सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न जरुरी छ । यो ९कोरोना­­० भाइरसलाई मा¥यो भने आयुर्वेदले मार्छ, अरू कुनै विधाले मार्दैन । मैले डक्टरको भेलामा पनि भनेँ– गाउँघरमा साबुन नहुन पनि सक्छ । त्यस कारणले हामीले साबुन पानीले हात धोऔँ भनेर मात्रै पनि पुग्दैन । साबुन छैन भने खरानी पानीले हात धोऔँ भन्दियो भने खरानी पानी साबुन पानीभन्दा बढी प्रभावकारी हुन्छ ।

यतातिरको व्यापक ज्ञान किन नराख्ने रु अलिअलि युट्युबमा पाइन्छन् । के खाँदा के हुन्छ, के खाँदा के हुन्छ भन्ने । अलिअलि आचार्य बालकृष्णले पनि प्रचार गर्नुहुन्छ । हाम्रोतर्फबाट धेरै प्रचार भइराख्या छैन । त्यसकारण हाम्रो सङ्गठित विश्वसनीय, एक ढङ्गले प्रयोगबाट परीक्षित र प्रमाणित भइसकेको त्यस्तो विधिलाई हामीले पनि प्रचार गर्नुपर्छ ।

सरकारका तर्फबाट आयुर्वेद क्षेत्रको विकासका लागि अहिले विश्वविद्यालयको गठन आदेश गरेर त्यसलाई अगाडि बढाएका छौँ । सरकारले रकम निकासा, जमिन उपलब्ध गराउन, भवन बनाइदिन सक्छ । त्यसमा ज्ञान र विकासको काम तपाईंहरूले गर्नुपर्ने हुन्छ । एउटा कुरा के ख्याल राख्नुपर्छ भने यो पनि मेरो, त्यो पनि मेरो भन्ने नहोस् ।

जडीबुटीको देश

हाम्रो देश जडीबुटीको देश हो । हामीले रामायणमा हे¥यौँ भने पनि लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटी खोज्न हिमालय पर्वतमा पठाइएको थियो । हिमालय भनेको औषधिको थलो हो । नेपाली भूमि नै औषधिमय छ । यो ज्ञानमय छ, ध्यानमय छ, औषधिमय छ । त्यसैकारण यसलाई ज्ञानभूमि, ध्यानभूमि, पुण्यभूमि, देवभूमि भन्ने गरिन्छ ।

केही शताब्दी यता हामी बन्द समाजमा प¥यौँ– लकडाउन (बन्दाबन्दी) जस्तै । त्यसले हामीलाई शिक्षा, स्वास्थ्य, विकासका सारा पक्षमा हामीलाई पछाडि पारिदियो तर यही देशका विद्वान्ले अक्षर, अङ्क र शून्य आविष्कार गरे, बाँकी भूभाग अन्धकारमा हुँदा धर्तीको मात्रै होइन अन्तरिक्षका ग्रह नक्षत्र गनेर खगोलको अध्ययन गरेका थिए । के अधिक मासको याद हामीले गरेका थियौँ कि पुर्खाले ? चन्द्र ग्रहण, सूर्य ग्रहण आजकोे आविष्कार होइन ।

बाँकी दुनियाँ अन्धकारमा हुँदा हाम्रा पुर्खा अन्तरिक्षका तारा, नक्षत्र गनेर हिसाब किताब गर्दथे । गुरुत्वाकर्षणको सिद्धान्त न्युटनले पत्ता लगाए भन्छौँ । उनीभन्दा अगाडि ग्यालिलियोले धेरै प्रयास गरे भन्छन् तर त्योभन्दा धेरै वर्ष अगाडि, पाँच/छ सय वर्ष अगाडि भाष्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए, पृथ्वी गोलो छ भन्ने कुरा पत्ता लगाएका थिए । उनले आफ्नो गणितबाट पृथ्वीको व्यास कति छ, पृथ्वीको गोलाइ कति छ ? निकालेका थिए ।

उतिबेला वैज्ञानिकले गणित भनेको नौ ग्रह, साइन्स (विज्ञान)ले पछि सात ग्रहभन्दा बढी मानेन । अलिक पछि आठवटा रहेछन् भनेर मान्यो, पछि नौवटा रहेछन् भनेर मान्यो । नवग्रह छन् भनेर विज्ञानले पछि मानेको हो ।

भाष्कराचार्यले ११५० मा नै ग्र्याभिटेसनको सिद्धान्त पत्ता लगाएका थिए र पृथ्वी गोलो छ भन्ने पत्ता लगाएका थिए । पृथ्वीको गोलाइ कति छ, चन्द्रमासँग दूरी कति छ ? ग्र्याभिटेसनको कारणले समुद्रको पानी किन ज्वार भएर उठ्छ आदि कुरा पत्ता लगाएका थिए । किन माथिबाट तल वस्तु झर्छ रु त्यो पत्ता लगाएका थिए । उनको ‘सिद्धान्त शिरोमणि’ भन्ने पुस्तक १२१० मा प्रकाशित भएको थियो ।

विचित्र के भने आज त्यसको विश्वभरि पढाइ हुन्छ, १२१० मा त्यसले भनेको कुरा दुनियाँ सुन्दैन । स्विजरल्यान्डमा जुन ‘ब्ल्याक होल’ भन्ने समयसम्बन्धी तीनवटा सिद्धान्त प्रतिपादन गरिएका छन्, त्यसमा सहमति हुनु/नहुनु आफ्नो ठाउँमा होला, त्यसमा भाष्कराचार्य लेखेको भेटियो । देवनागरी लिपिमा भाष्कराचार्य द्वितीय भनेर लेखेको छ । उनको नाम त्यहाँ लेखियो तर उनको योगदान के हो त ? खोइ त्यो योगदान ? अझै पनि हामी ग्र्याभिटेसनको नियम पत्ता लगाउने न्युटन भनिराखेको छौँ, जो छ सय वर्ष पछिको कुरा हो । हामीकहाँ जो छ त्यो प्रकट भएर पनि प्रकट हुन पाएन ।

हो, उम्रिएर पनि हाम्रै धर्तीभित्रै छ किनभने हाम्रोमा उम्रियो । हाम्रोमा उम्रिएको हुनाले उम्रिएको मानिएन , जसले थाहा पायो त्यसले छोपछाप पा¥यो । त्यो उसको ठाउँको होइन, हाम्रो ठाउँको हो । आजको जमाना हामीले आविष्कार गरेका ‘कपिराइट क्लेम’ गर्ने कुरा
गर्न सक्छौँ ।जस्तो चुरे शृङ्खलाको फेदमा पाइने कुचिला औषधीय गुण भएको ‘मेडिकल प्लान्ट’ हो भन्ने मानिन्छ । अन्यत्र दुनियाँमा पाइँदैन । यसको उत्पादन र व्यापार ग¥यौँ भने असाधारण उन्नति गर्न सक्छौँ भन्ने केही अनुसन्धानकर्ताको भनाइ छ । यार्सागुम्बा अन्यत्र पाइँदैन । यार्सागुम्बा औषधि नै हो ।

योे परम्पराबाट हामी आयौँ । प्रकृतिले दिएको चुरेको फेददेखि हिमालको हिउँ हुने स्थानसम्म औषधिमय भूमि, वातावरण हामीसँग छ । अब यसलाई कसरी अगाडि बढाउने रु भन्ने सन्दर्भमा तपाईंहरूका सुझाव छन्– योगमाया विश्वविद्यालय, नरदेवी, अरू आयुर्वेद कलेजको सम्बन्धमा पनि । यसमा बजेटको अभाव वा न्यून रहेको सम्बन्धमा, अनि वैकल्पिक चिकित्साको कुरा छ ।

आयुर्वेदिक ओरिजिनल (खास्सा– रैथाने) चिकित्सा प्रणाली हो । त्यसकारण यसलाई वैकल्पिकमा राख्न हुन्न । आयुर्वेदिक प्रणालीभित्र योग पनि पर्छ । आयुर्वेद औषधि विज्ञान मात्र होइन आरोग्य विज्ञान पनि हो । यी दुई पक्षलाई सुदृढ गर्ने काममा अलिकति अन्डरमाइन्ड (बेवास्ता) भएको छ । शिक्षा बजेटको वा चिकित्सा बजेटको दुई प्रतिशत बजेट छुट्याइन्छ । ९८ प्रतिशत अरू विधामा छुट्याइन्छ । बजेटको यस प्रकारको वितरणले हाम्रो निरोगी नेपालको सपना पनि पूरा हुँदैन । त्यस कारणले यसलाई सच्याइनुपर्छ नत्र निरोगी नेपाल बनाउन हामी सक्दैनौँ ।

अस्पताल भनेको अपरिहार्य परिआउँदा जाने ठाउँ हो नत्र साधारणतया हामीले जनतालाई निरोगी राख्ने हो । अङ्ग प्रत्यङ्ग शिथिल हुँदै जान्छन्, प्राकृतिक नियम हो । त्यसको उपचार पनि खोज्दै जानुपर्छ । आकस्मिक रूपमा कतिपय दुर्घटना होलान्, यस्ता ट्रमाका कुरामा पनि ध्यान दिनुपर्छ । अस्पताल चाहिन्छ, परीक्षण गर्ने मेसिन चाहिन्छ । त्यसका निम्ति विशेषज्ञ,प्राविधिक चाहिन्छन् ।

आयुर्वेदलाई यो खलको समस्या भनेर भन्ने थियो नि त्यो खल आधारित होइन । त्यसभन्दा माथि उठाउनुपर्छ हामीले । अब हामीले खलमा पिसेर होइन कि त्यसभन्दा माथि उठाउनुपर्छ । खल त गाउँघरमा प्रयोग गर्छन् । हाम्रा अस्पताल खलभन्दा माथि उठ्नुप¥यो । विधिमाथि उठ्नुप¥यो । यसका लागि मेसिन सबै एलोपेथिक रूपमा होइन भन्ने थाहा पाउनुप¥यो । मेसिन आयुर्वेदले पनि प्रयोग गर्न सक्छ, अरूले पनि प्रयोग गर्न सक्छन् ।

कसरी हामी मेडिसिन उत्पादन गर्न सक्छौँ, कसरी हामी मेडिसिन प्राप्त गर्न सक्छौँ भन्ने कुरा मात्रै हो त्यो । प्राकृतिक हिसाबले प्राप्त गर्छौं भने आयुर्वेदिक औषधि नै हो । कृत्रिम ढङ्गले उत्पादन गर्छौं भने एलोपेथिक हो । अरू मेसिन, औजार, ल्याब, इक्युपमेन्ट, एक्सरे सबै कुरा एलोपेथिक होइनन् । रेडियम पत्ता लगाउँदा क्युरीले यो एलोपेथिक हो है भनेकी थिइनन् । ‘म्याटर अफ रेडिएसन’ ।

त्यो रेडिएसनमा न एलोपेथी न आयुर्वेदिक । त्यसकारण यसलाई हामीले प्रयोग गर्न सक्छौँ, गर्नुपर्छ । आधुनिक कुरालाई पनि यसमा मिसाउनुपर्छ ।

आयुर्वेदिक अस्पतालमा आएपछि नागरिक फर्किन नपरोस् । ट्याब्लेट, झोल आदिको गुणस्तर उपयुक्त होस् । यसमा सर्जरीको क्षेत्र (आस्पेक्ट) पनि हामी विकास गर्न सक्छौँ । सर्जरीको आस्पेक्ट मैले अघि हाम्रा शास्त्रीय परिकल्पना, मिथ जे होस्, परम्परागत कुरा हुन्– त्यसलाई पनि विकास गर्न सक्छौँ । समय लाग्छ । अहिले हामी जहाँ छौँ त्यहीँबाट अगाडि बढ्नुप¥यो । बालकृष्णकोमा जाँदा सबै ल्याब, मेसिन, इक्युप्मेन्ट राम्रा छन् । नाम नै पतञ्जलि आयुर्वेदका महर्षिको नाममा राखिएको छ । आयुर्वेद आचार्य भन्ने आयुर्वेदका गुरु हुन् तिनी । जसले आयुर्वेदलाई खास गरेर पछिल्लो समयमा चरक संहितापछि त्यस ढङ्गले विकास गरेको भनेर यिनलाई मानिन्छ । हामी पनि वेल इक्युप्ट हुनु जरुरी छ । आयुर्वेदिक अस्पतालमा आएपछि सामान्यतया मान्छे फर्किन नपरोस् । ट्याब्लेट, झोल आदिका गुणस्तर मात्रै फरक होउन् । त्यसको बनावटको विधि मात्रै फरक हो । त्यो कुरा हामी सबैले पनि प्रयोग गर्न सक्छौँ ।

यो हाम्रो सभ्यता हो, इतिहास हो, परम्परा हो, गौरव हो र हाम्रा पुर्खाको सफल मिहिनेतको परिणति हो । त्यसकारण यसलाई हामीले अगाडि लानुपर्छ । यो हाम्रो गौरव हो । यो गौरव फेरि यत्तिकै अँध्यारोमा ढुङ्गा हाने जस्तो होइन, यो यथार्थ गौरव हो । यसलाई अगाडि बढाउन हामी सबैले सक्रियपूर्वक ध्यान दिनुपर्छ । तपाईंहरूले कोभिड–१९ का सम्बन्धमा जे उपचारका काम गर्नुभएको छ त्यो ज्यादै राम्रो छ ।

मैले घरेलु विधि, आयुर्वेदिक विधि अपनाउने गर्छु । सुत्ने बेलामा बेसार पानी अनिवार्य खान्छु । मेरो सुगर भएको हुनाले गुर्जो अलिक खान्न । मरिच, तुलसीका पात अरू कुरा खान्छु । घाँटीमा बाफ लिन्छु । गार्वेल (घाँटीमा कुलुलु) गर्दा मनतातो पानीमा नुन राखेर गर्ने । मेरो ‘इम्युन’मा अत्यन्त ‘सप्रेस’ गरेको छ । त्यसकारण मैले इम्युन बढाउने औषधि पनि खानुहुँदैन । आफ्नो शरीरले एडप्ट गरिआएको ‘इम्युन डेभलप सिस्टम नेचुरल डेभलपिङ सिस्टम’ मात्रै हो । त्यसकारण यो सन्तुलन मिलाउन मलाई निकै गाह्रो छ ।

म सामान्यतः यत्रोयत्रो बैठक यति दूरीबाट, नजिकबाट मान्छेसँग भेट्ने, बैठक गर्दिन किनभने ‘इम्युन सिस्टम’ अलि कमजोर छ । त्यसकारण म अलि सतर्क हुनुपर्छ र यो सतर्क हुने कुरा एलोपेथिकमा होइन आयुर्वेदिकमा हो । त्यही विश्वासका साथ म हिँडिराखेको छु ।
अब बाँकी हामी आफ्ना उद्देश्यमा अगाडि बढ्ने छौँ । हामीले जे सफलता पाइराखेका छौँ, जे औषधि बनाइराखेका छौँ, प्रभाव प्रचार प्रसारमा जुटौँ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौ २५ गते आयुर्वेद विज्ञसँगको छलफलमा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको एमाले अध्यक्षओलीको आरोप

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।संसदमा सरकारको नीति तथा

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

काठमाडौं, १२ जेठ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

सम्बन्धित

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको एमाले अध्यक्षओलीको आरोप

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

दैलेखमा बस दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...