ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी कमिटीको बैठकः भारतीय सेना हटाउनेसहित १५ महत्वपूर्ण निर्णय (सूचीसहित)


एबीसी न्यूज
भाद्र २६, २०७७ शुक्रबार  ६ : २२ बजे

काठमाडौँ, २६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को करिव डेढ महिना स्थगीत भएको स्थायी कमिटीको बैठकले १५ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सकिएको हो ।

गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो ।

यसबीचमा पार्टीभित्रको बिवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गर्नुभएको थियो ।

साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो । कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिनुभएको थियो । सो प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

आजको बैठकले गरेको महत्वपूर्ण १५ वटा निर्णयहरु यस प्रकार रहेका छन्,

१। अध्यक्षद्वयले तयार पारेको कार्यसूची पारीत,
२। स्थायी कमिटीका सदस्यहरुले दिएको सुझावलाई सम्बोधन गर्ने,
३। पार्टीलाई सुदृढ ढंगले अघि बढाउने,
४। पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने,
५। विगतमा भएका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने,
६। अध्यक्षद्वयको कार्यविभाजन । जसमा पार्टीको कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई र सरकारको पुरै कार्यकाल केपी ओलीले गर्ने,
७। सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टीको मार्गदर्शनमा रही सरकार अघि बढनुपर्ने,
८। महत्वपूर्ण कुराहरुको निर्णय गर्दा सरकारले पार्टीमा छलफल गर्नुपर्ने, दुई अध्यक्षबीच सहमतिमा गर्ने,
९। एकताको महाधिवेशन चैत्र २५ देखी ३० सम्म काठमाडौँमा गर्ने,
१०। कार्तिक १५–१७ सम्म महाधिवेशनको तयारी गर्न केन्द्रीय कमिटीको बैठक बस्ने,
११। लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा दृढताका साथ सरकारलाई सहयोग गर्ने,
१२। नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने,
१३। कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने,
१४। एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने, झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई विशेष ध्यान दिने,
१५। पार्टीभित्रका सैद्धान्तिक बहसलाई महाधिवेशनमा लगि समाधान गर्ने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com