काठमाडौं, २५ साउन । एक जना कैदीको मृत्यु हुने गरी कैलाली कारागारभित्र भएको कैदी बन्दीबिचको झडपपछि कैलाली कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन। यद्यपि अवस्था भने सामान्य भइसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोगनबहादुर हमालले दाबी गरे। ‘स्थिति हिजो जस्तो छैन। अवस्था सामान्य भइसकेको छ,’ ...